गाउँमै उत्पादन हुन थाल्यो एलईडी बल्ब !

काठमाडौँ – ओखलढुंगामा स्थानीय स्तरमै विजुलीको बल्ब उत्पादन शुरु भएको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा विजुलीको बल्ब उत्पादन शुरु गरिएको हो।

सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारमा स्थापना गरिएको एलईडी बल्ब उत्पादन उद्योगले उत्पादन शुरु गरेको वडाध्यक्ष बमबहादुर राईले बताए।

उनका अनुसार नगरपालिकाको ७ नं वडा कार्यालयको पहलमा स्थानीय यदुनाथ दाहालले बल्ब उत्पादन सुरू गरेका हुन्। नगरपालिकाको १ लाख अनुदान र दाहालको २ लाख लगानी गरी ३ लाखमा ग्रामीण विजुलीघर उद्योग सञ्चालनमा आएको वडाध्यक्ष बमबहादुर राईको भनाई छ। राईले बताएअनुसार अहिले उक्त उद्योगले १ सय ५० बल्ब उत्पादन गरिसकेको छ।

उद्योगमा उत्पादन भएका बल्ब जिल्लामै खपत गर्ने योजना रहेको उद्योग सञ्चालक यदुनाथ दाहाल बताउँछन्। उद्योग सञ्चालनका लागि एउटा मेसिन खरिद गरिएको भएपनि आवश्यकता अनुसार थप मेसिन राखेर उत्पान बढाउन सकिने उनको भनाई छ।

प्रकाशित : शनिबार, असोज १०, २०७७०९:०२

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना संक्रमण