एजेन्सी – सामाजिक संजाल देखि मिडिया सम्म यति बेला एक ६ महिने बालकको ब्यापक चर्चा छ। उनको भिडियोले सबैलाई पार्न सम्म चकित पारेको छ।
भिडियो देख्दा धेरैलाई विश्वास पनि नलाग्न सक्छ। भिडियोमा उनी ६ महिने बालकले गर्न सक्लान् भनेर कल्पना समेत नगरिएको एक कार्य गर्दै देखिन्छन्।
के छ भिडियोमा ?
भाइरल भएको भिडियोमा एक बालक देखिन्छन्। सँगै उनका पिता पनि छन्। पिता डुंगामा छन् भने बालक स्कीइंग बोर्ड समाएर उभिएका छन्। उक्त बोर्डमा समाउने रड पनि जडान गरिएको छ। जसलाई बालकले समाएका छन्।
HE’S WATER SKIING AT SIX MONTHS OLD 😳 👏
(via caseyhumpherys, minditaggehumpherys/Instagram) pic.twitter.com/PPuJsTURKw
— SportsCenter (@SportsCenter) September 19, 2020
भिडियोलाई थप नियाल्दा बालकको खुट्टा बाँधिएको र उनले लाइफ ज्याकेट देखिन्छ। बालकको सुरक्षाका लागि आवश्यक सम्पूर्ण तरिका अपनाएको भिडियोमा स्पष्ट देखिन्छ। यसरी वाटर स्कीइंग गर्दै गर्दा ती बालक अलिकति पनि आत्तिएका छैनन्।
सामाजिक संजालमा मिश्रित प्रतिक्रिया
HE’S WATER SKIING AT SIX MONTHS OLD 😳 👏
(via caseyhumpherys, minditaggehumpherys/Instagram) pic.twitter.com/PPuJsTURKw
— SportsCenter (@SportsCenter) September 19, 2020
भिडियो सबै भन्दा पहिला बालकका आमा-बुवाले इन्स्टाग्राममा हालेका थिए। त्यसपछि भिडियो फेसबुक, ट्वीटरमा पनि देखिन थाल्यो र अन्त्यमा भिडियो भाइरल नै भयो।
सामाजिक संजालमा ती बालकको भिडियोले करोडौं भ्यू पाएको छ। तर, भिडियोमा प्रतिक्रिया भने मिश्रित आएको छ। केहिले बालकका आमा-बुवा माथि सम्मान व्यक्त गरेका छन् भने केहिले उनीहरुलाई लापरवाह भनेका छन्।
View this post on Instagram
I went water skiing for my 6 month birthday. Apparently that’s a big deal… #worldrecord