एजेन्सी – चर्चित बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ।
विभिन्न चलचित्रको निर्देशन समेत गरिसकेका देवगनको सोमबार राति निधन भएको हो। ४५ वर्षीय अनिलको हृदयघातका कारण सोमबार राति निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
अनिलले अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न शुरु गरेका थिए। उनले अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए ।
साथै अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक समेत थिए।
अभिनेता अजय देवगनद्वारा दुख व्यक्त
आफ्ना प्रिय भाइको निधन भएको बारे अजय देवगले ट्वीटर मार्फत जानकारी दिएका छन्। अजय देवगनले एक ट्वीट गर्दै दुख व्यक्त गर्नुका साथै श्रद्धान्जली पनि व्यक्त गरेका छन्।
अनिलको अवसानले आफ्नो परिवारमा ठूलो धक्का पुगेको अजयको भनाई छ। अजयका अनुसार कोरोनाका कारण उनले आफ्ना भाइको अन्तेष्टिमा सहभागी भने हुन पाएनन्।
I lost my brother Anil Devgan last night. His untimely demise has left our family heartbroken. ADFF & I will miss his presence dearly. Pray for his soul. Due to the pandemic, we will not have a personal prayer meet🙏 pic.twitter.com/9tti0GX25S
— Ajay Devgn (@ajaydevgn) October 6, 2020
अजय देवगनले गत वर्ष मात्रै पिता गुमाएका थिए। अजयक पिता भीरु देवगनको सन् २०१९मा निधन भएको थियो।