साँझको समय भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, गरिबी निम्त्याउँछ !

साँझको समयमा केहि कार्यहरु गल्तीले पनि गर्न हुँदैन। त्यस्ता कार्यहरूले घरमा गरिबी ल्याउँछ। यी कार्यहरू कस्ता हुन् त जुन बिर्सिएर पनि गर्नु हुँदैन ? थाहा पाउनुहोस्..

कुचो लाउनु 

साँझको समयमा कुचो लगाउनु हुँदैन। यसो गर्नाले घरका सकारात्मक उर्जा घरबाट बाहिर जानुका साथै घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास रहेको छ। त्यसैले, साँझमा कुचो लाउनु हुँदैन।

अपमान 

 

अग्रजहरुका अनुसार साँझको समयमा बिर्सिएर पनि स्त्रीको अपमान गर्नु हुँदैन। व्यक्तिगत र व्यावसायिक दुबै ठाउँमा यस कुराको ध्यान राख्नु पर्दछ। यस्तो विश्वास गरिन्छ कि यस समय महिलाको अपमान गर्दा देवी लक्ष्मी सदाको लागि क्रोधित हुन्छिन् र व्यक्ति कंगाल हुन्छ।

सुत्नु हुँदैन 

बेलुका कहिल्यै सुत्नु हुँदैन। जो मानिस साँझको समयमा सुत्छन् उनीहरुको घरमा माता लक्ष्मीको बास कहिल्यै पनि हुँदैन। त्यसैले, साँझको समयमा भुलेर पनि नसुत्नुहोस्।

यस्तो काम गर्नु हुँदैन 

साँझको समयमा तुलसीमा जल चढाउनु हुँदैन र पातहरू टिप्नु हुँदैन। यसो गर्नाले घरमा लक्ष्मीको बास हुँदैन।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१८:४८

महिलाहरु यी तीन चीजबाट टाढा रहेकै राम्रो !