काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका हुन्।

घरमा काम गर्ने के जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसेको बारे पौडेलले एक ट्वीट गर्दै जानकारी गराएका छन्। घरमा काम गर्ने व्यक्तिमा कोरोनाको पुष्टि भएपनि आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जानकारी दिए।
यस अगाडी पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएको थियो।
त्यसपश्चात पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।
मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19— Ram Chandra Paudel (@NcPaudel) October 9, 2020
![]()
