बलिउडकी सदाबहार अभिनेत्री रेखा अभिनयका कारण थुप्रै दर्शकको मनमा बस्न सफल नायिका हुन् । त्यस्तै उनको बारेमा यी २५ कुरा जुन कमै मानिसलाई थाहा छ:
१. अभिनेत्री रेखा १० अक्टुबर १९५४ मा जन्मिएकी थिइन्। रेखा तमिल अभिनेता गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीको सन्तान हुन्।
२. रेखाको जन्म र पालनपोषण चेन्नईमा भयो। जन्मेपछि उनको नाम भानुमती रेखा राखिएको थियो।
३. रेखा तेलेगुलाई आफ्नो मातृभाषा मान्ने गर्छिन र हिन्दि, तमिल र अंग्रेजी पनि राम्रोसंग बोल्ने गर्छिन।
४. रेखा जन्मिने समयमा उनको माता-पिताको विवाह बह्येको थिएम। त्यसैले उनको माता-पिताले उनलाई आफ्नो सन्तानको रुपमा स्वीकारेका थिएनन्।
५. रेखालाई अभिनयमा कुनै रुचि थिएन। तर आर्थिक स्थितिको कारण उनले स्कुल छोडेर एक्टिंग गर्नुपर्यो।
६. रेखाले १२ वर्षको उमेरमा एक तेलेगु फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। जसको तिन वर्षपछि उनले एक कन्नड फिल्मबाट हिरोइनको रुपमा सुरुवात गरेकी थिइन्।
७. रेखाको पहिलो हिन्दि फिल्म ‘अन्जना सफर’ थियो । यसमा उनको साथ विश्वजीत हीरो थिए ।
८. रेखाको पहिलो हिन्दि फिल्म ‘अन्जना सफर’ मा एक चुम्बन दृश्य थियो जसले उनलाई चर्चामा ल्यायो। फिल्म सेन्सरसिपको समस्यामा फसेर करिब १० वर्षपछि ‘दो शिकारी’ नामबाट रिलिज भएको थियो।
९. रेखा आफ्नो सुरुवाती फिल्मको समयमा काली र मोटी थिइन्। उनको अनुसार उनलाई कुरुप हासको बच्चा भनिन्थ्यो।
१०. रेखाको एक आफ्नै बहिनि र ६ जना सौतेनी भाइ-बहिनि छन्।
११. रेखा सधैभरि घुम्न चाहन्थिन र यसैकारण उनि एयरहोस्टेज बन्ने सपना देख्थिन।
१२. रेखालाई मेकअपको निकै सोख थियो। उनको यसै सोखको कारण उनका एयरहोस्टेज साथीहरुले उनको लागि विदेशबाट मेकअपको समानहरु ल्याइदिन्थे।
१३. कावेन्ट स्कूलमा आयरिश ननबाट शिक्षा प्राप्त गर्ने समयमा रेखा नन बन्न चाहन्थिन्।
१४. करियरको सुरुवाती समयमा रेखाले तेलेगुको बि र सी ग्रेडको फिल्ममा काम गर्नु परेको थियो।
१५. रेखाले उधोगपति मुकेश अग्रवालसंग विवाह गरेकी थिइन्। विवाहको केहि महिनापछि नै मुकेशले आफ्नो देह त्याग गरेका थिए।
१६. फिल्मी करियरको समयमा रेखाको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जीतेंद्र, यश कोहली, शत्रुघ्न सिन्हा र अक्षय कुमारको साथ जोडिएको थियो।
१७. रेखाको विवाह विनोद मेहरासंग गर्ने खबर पनि बाहिरिएको थियो तर रेखाले त्यसलाई ठाडै अस्विकार गरिन।
१८. रेखाको नाम संजय दत्तसंग पनि जोडिएको थियो, जो उनीभन्दा ५ वर्ष कान्छा हुन्। यस विषयमा रेखाले भनेकी थिइन कि उनले संजय दत्तसंग गर्नुको मुख्य उदेश्य अमिताभ बच्चनलाई ज-लाउनको लागि थियो।
१९. अमिताभ र रेखा एक-अर्कासंग निकै नजिक थिए। अमिताभको संगतमा रेखाको व्यक्तित्वमा निकै परिवर्तन आएको थिइन्। उनि आफ्नो लुकप्रति सजग हुदै गईन र अरुले उनीमाथि हेर्ने नजर नै परिवर्तन भयो।
२०. रेखा र हेमा मालिनी निकै मिल्ने साथी हुन्।
२१. रेखालाई डबिंगको निकै सोख छ। उनले नितु सिंहको आवाजमा फिल्म याराना र स्मिता पाटिलको आवाजमा फिल्म वारिसमा डबिंग गरेकी छिन्।
२२. रेखालाई गाउने पनि निकै सोख छ। उनले संगीतकार आर डी बर्मनको फिल्म ‘खुब्सुरत’ मा दुई गित गएकी थिइन्।
२३. रेखाको उत्कृष्ट लुकको पछि कोई स्टाइलिस्ट छैन। उनि आफै आफ्नो लुक छनोट गर्छिन ।
२४. रेखा समयको निकै पक्का छिन्। उनि सबै स्थानमा तोकिएको समयमा पुग्छिन्।
२५. रेखा नै पहिलो अभिनेत्री थिइन, जसले जिम जान शुरु गरेकी थिइन्। रेखाले जिममा बेसिक एक्ससाइजबाट शुरुवात गरेकी थिइन्। उनि योगामा पनि माहिर छिन्।