काठमाडौँ : गोरखामा १२ वर्षीया बालिकाले पासो लगाएर आत्महत्या गरेकी छन् ।
बुधबार बिहान करिब सात बजे आमा धारामा पानी भर्न गएको बेला धुरीको बलोमा झुण्डिएर शहीदलखन गाउँपालिका–७ मकैपुरकी प्रशान्ता श्रेष्ठले ज्यान फालेकी हुन् ।
दिदि झुण्डिएको देखेपछि १० वर्षीया बहिनीले डोरी काटेपनि उनको पहिलेनै ज्यान गइसकेको एसपी ओम अधिकारीले जानकारी दिए।
उनका अनुसार न्यूहोराइजन बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत प्रशान्ताको शव पोष्टमार्टमका लगी अस्पताल लागिएको छ ।