“रोनाल्डोमा आफ्नो टोलीका साथीप्रति सम्मान छैन”

युभेन्टसका पूर्व डिफेन्डर पासवेले ब्रुनोले क्रिस्टियानो रोनाल्डोलाई अज्ञानी भनेका छन्। उनले पोर्चुगिज सुपरस्टारमा आफ्नो टिमका साथी र समग्र इटालीको लागि आदरको कमी रहेको धारणा राखेका छन्।

इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्य एक पाँच पटकका ब्यालोन डी ओर विजेता रोनाल्डो रियल म्याड्रिडमा ९ वर्षय खेल जीवनपछि २०१८ देखि इटालियन महारथी युभेन्टसबाट खेल्दै आएका छन्।

आफ्नो बढ्दो उमेरको बावजुद ३५-वर्षीय रोनाल्डोको खेल स्तरमा कमी भने कतै पनि आएको छैन। उनले युभेन्टसलाई लगातार २ पटक सरी-ए जित्नमा प्रमुख भूमिका खेलेका छन्। क्रिस्टियानो रोनाल्डोले युभेन्टसको लागि ६७ खेलमा ५७ गोल गरिसकेका छन्।

पोर्चुगलका कप्तानको प्रतिभामा कुनै शंका नभए पनि ब्रुनोका अनुसार उनले दुई वर्षमा इटालियन भाषा सिक्न अस्विकार गर्दा उनको टोली र सर्वसाधारणको लागि सम्मानको कमी भयो।

“रोनाल्डो अज्ञानी छ,” ५८ वर्षीयले टिक्की टाकामा देखा पर्दा भने। “ऊ इटालीमा आएको दुई वर्ष भइसकेको छ तर उसले अझै हाम्रो भाषा बोल्न सिकेको छैन। उसले आफ्नो अभिव्यक्ति व्यक्त गर्न स्पेनिस भाषा प्रयोग गर्दछ। टोलीका साथी वा इटालीवासीहरूप्रति उसको कुनै सम्मान छैन।” ब्रुनोले भने।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१९:११

“मेस्सी कम्जोर भएका छैनन्”