“मेस्सी कम्जोर भएका छैनन्”

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबसँग केहि असमझदारी भएपनि लियोनेल मेस्सीले राम्रो प्रदर्शन गरिरहेको बताएका छन्।  एक मिडियासँग कुराकानी गर्नेक्रममा कोम्यानले पहिला जस्तो प्रदर्शन गर्न मेस्सी अहिले असमर्थ रहेपनि सुधारिएको प्रदर्शन गरिरहेको बताए

मेस्सीको प्रदर्शन थप सुधार हुँदा जाने र आउने समयमा मेस्सी पूरानै लयमा स्थापित हुने कोम्यानको विश्वास छ। क्लबसँगको सम्बन्धले मेस्सीको प्रदर्शनमा असर गरेको देखिएपनि आफूलाई भने त्यस्तो नलाग्ने उनले बताए।

मेस्सीको उपस्थितले क्लब थप मजबुत हुनेमा कोम्यान विश्वास गर्छन्। मेस्सीकै उपस्थितमा बार्सिलोना वर्षौ देखि मजबुत रहेको र भविष्यमा पनि मेस्सीको उपस्थितले क्लबलाई कम्जोर भन्दा पनि मजबुत बनाउने उनको बुझाई छ।

“मेस्सीको अनुपस्थित भन्दा पनि मेस्सीको उपस्थितले बार्सिलोना बलियो बन्दै आएको छ र त्यो निरन्तर हुनेछ।”,उनले भने,”म बार्सिलोना आएपछि क्लबका अधिकारीहरुले मेस्सी क्लबसँग खुशी नरहेको बताएका थिए। जसपश्चात मैले कुरा गर्दा मेस्सीले धेरै कुरा बताएका थिए।”

कोम्यानले मेस्सीको समस्या क्लबसँग रहेको र त्यसलाई आफूले बदल्न नसक्ने स्पष्ट पारे। क्लबसँग समस्या रहेपनि प्रशिक्षणमा फर्किएयता मेस्सीले राम्रो प्रदर्शन गरिरहेको उनको भनाई छ।

“मैले मेस्सीकै घरमा पुगेर उनीसंग कुरा गरेको थिएँ। त्यसक्रममा उनले क्लबसँग समस्या पैदा हुनुका कारण बारे स्पष्ट पारेका थिए। मैले इमान्दार भएर मेस्सीलाई उतिबेला नै मेस्सीको समस्य प्रणालीसँग रहेको भन्दै टिममा उनको महत्व बारे स्पष्ट पारेको थिएँ”,उनले भने।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१२:०८

रोनाल्डो-नेइमार सट्टा-पट्टा हुने !