रोनाल्डो-नेइमार सट्टा-पट्टा हुने !

युभेन्टसले आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जेर्मेनका स्टार नेइमार बीच सट्टा-पट्टा गर्न चाहेको रिपोर्ट आइरहेको छ। दुबै खेलाडी र क्लब बीच करार अवधि नविकरण हुन गाह्रो रहेकोले यो सम्झौता हुने सम्भावना रहेकोले टुटोमर्काटोवेबले दाबी गरेको छ।

रोनाल्डो २०२२ सम्म युभेन्टससँग सम्झौतामा छन्। त्यसैले, युभेन्टस रोनाल्डोलाई फ्रीमा जान नदिने प्रयासमा रहेको छ। त्यस्तै, २०१७ मा रेकर्ड फी २२२ मिलियनमा बार्सिलोनाबाट पीएसजी आएका नेइमारको क्लबसँगको सम्झौता पनि २०२२ सम्म रहेको छ।

२०१८ मा रियल म्याड्रिडमा ९ वर्षीय खेल जीवनपछि युभेन्टस आएका रोनाल्डोले इटालियन महारथीको लागि ६७ खेलमा ५७ गोल गरिसकेका छन्। ३५ वर्षीय पोर्चुगिज लेजेण्ड रोनाल्डोले युभेन्टसमा २ सरी-ए जितिसकेका छन्। त्यस्तै, नेइमारले पीएसजीको जेर्सीमा ९९ खेलमा ७६ गोल गरेका छन्। यस अवधिमा उनले लगातार ३ लिग-१ उपाधि जितिसकेका छन्।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१७:१४

आईपीएलमा एक खेल पनि खेल नपाएका सन्दिपले भने – ‘कथा सकिएको छैन’