आईपीएलमा एक खेल पनि खेल नपाएका सन्दिपले भने – ‘कथा सकिएको छैन’

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्।

लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर स्वदेश फर्किएका हुन् । सन्दीप तीन महिनापछि बिहिबार बिहान दुई बजे नेपाल आइआइपुगेको बताइएको छ।

उनी गत साउन १५ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट खेल्दै उनले १० खेलमा १२ विकेट लिएका थिए। त्यसपश्चात उनी आईपीएल २०२० खेल्नको लागि वेस्टइन्डिजबाट यूएईमा पुगेका थिए।

सिपिएलमा गरेका प्रदर्शनको आधारमा आईपीएल २०२०मा उनले मौका पाउने अनुमान गरिएपनि त्यस्तो हुन भने सकेन। केहि दिन अगाडी मात्रै सकिएको आईपीएलमा उनले एक खेल पनि खेल्न पाएनन्। एक खेल पनि खेल्न नदिएको भन्दै दिल्ली क्यापिटल्सको चर्को आलोचना मात्र भएन सामाजिक संजालमा सन्दिप ट्रोल समेत गरियो।

एक खेल पनि खेल्न नपाएको भन्दै सामाजिक संजालमा ट्रोल गरिएपछि सन्दिपले ट्वीटर मार्फत सांकेतिक रुपमा गर्नलाई धेरै काम बाँकि रहेको बताएका छन्।

सन्दीपले नेपालको आएको केही घन्टापछि ट्वीटरमा पोस्ट गरेका छन्, ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुदै छ’

 

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७१४:००

मेस्सी पिएसजी जाने नजाने बारे मेस्सीका पिताको यस्तो भनाई !