“नारायणहिटीमा भएको अधिकार ६२-६३ पछि सिमाना बाहिर पुग्यो, गणतन्त्र जान्छ राजसंस्था आउँछ”

काठमाडौँ – वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले देश राम्रो बाटो तर्फ नगएको भन्दै चिन्ता व्यक्त गरेका छन्। एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा न्यौपानेले यस्तो बताएका हुन्।

देशमा संघीय गणतन्त्र आइसकेको १०-१२ बितिसक्दा पनि कुनै राम्रो काम नभएको उल्लेख गर्दै न्यौपानेले देश राम्रो बाटो तर्फ नगएको दावी गरेका छन्।

भ्रष्टाचार, सुशासनमा बेथिति, जथाभावी नागरिकता वितरण जस्ता विषयहरुले अहिलेको शासन व्यवस्था प्रति जनताहरुमा वितृष्णा बढेको उनको बुझाइ छ।

“नेताहरुले भनेबमोजिम यो देश सिंगापुर बनेको भए र जम्मै नेपालीहरुले रोजगारी पाएको भए अहिलेको व्यवस्थाप्रति र नेताहरुप्रति जनताको धारणा नेगेटिभ हुँदैनथियो । तर, यो बीचमा केही पनि राम्रो काम भएका छैनन् ।”,अन्तर्वार्तामा उनले भने।

२००७ साल देखि नै हरेक १० वर्ष आसपासको अन्तरालमा नेपाली जनताहरुले विकल्प खोजिरहेको दृष्टान्त प्रस्तुत पर्दै उनले संविधान सभाले बनाएको सविधानले नै देशलाई विलय गराउने खतरा औँल्याए।

६२-६३ अथवा ४६ साल पछाडी हरेक सरकारले नागरिकता बाँढ्ने कामलाई प्राथमिकतामा राख्ने गरेको भन्दै उनले त्यस तर्फ प्रश्न गरेका छन्।

नाकावन्दीको समयमा राष्ट्रवादी छबि बनाएका केपी शर्मा ओली सरकारले पनि त्यहि गरेको उनले बताए। नेपालको सबै भन्दा ठूलो सार्वभौमसत्ता ‘रअ’ का हाकिमका हातमा रहेको उनको तर्क छ।

नेपालका राजनीतिक पार्टीहरु नेपालमूखी नभई भारत र चीनको प्रभावमा पर्ने गरेको कारण नै ६२-६३ को परिवर्तन पछि मात्र १७ वटा सरकार फेरिएको उनले बताए।

ओली सरकार धरमर अवस्थामा रहेको उल्लेख गर्दै उनले भने,”केपी ओलीको सरकारको आयू ६० प्रतिशत सकिसक्यो,४० प्रतिशत मात्रै बाँकि छ। यसको जरा हल्लिन थालिसके।”

बेलायतमा समेत राजसंस्था फिर्ता आएको उदाहरण पेश गर्दै उनले गणतन्त्र जाने राजसंस्था आउने संकेत पनि गरेका छन्। उनले भने,” नारायणहिटी दरबारमा भएको अधिकार ६२-६३ साल पछाडी हामीले सिमान बाहिर पुर्यायौं।”

प्रकाशित : बिहिबार, साउन १६, २०७६०६:१५

ओली र प्रचण्ड छुट्टा-छुट्टै देश जानु पछाडीको रहस्य अर्कै…