८० दशकमा झरनाको तल यी अभिनेत्रीले खिचेकी थिइन् यस्तो तस्विर, कसरी गरे त सेन्सर बोर्ड पास?

८० को दशकमा ‘राम तेरी गंगा मैली’  फिल्ममा  बोल्ड सिन दिएर तहल्का मच्चाएकी अभिनेत्री मंदाकिनी  अहिले गायब छिन्।  मंदाकिनीको  फिल्मी  यात्रा निकै छोटो रह्यो, जसको मुख्य कारण  चर्चित ग्यांगस्टार दाउद इब्राहिमसँगको अफेयर र फिल्ममा केहि खास कमाल नदेखिएकोले थियो ।

मंदाकिनीले कैयौँ फिल्ममा काम गरिन् तर  ‘राम तेरी गंगा मैली’ मा निभाएको  गंगाको भूमिका सबैलाई मनपर्यो। मंदाकिनी ३० जुलाईबाट ५० औँ वर्षमा लागेकी छिन् ।

जान्नुहोस् मन्दाकिनीको नसुनेका केहि  कुरा:

मंदाकिनीको वास्तविक नाम नाम यास्मीन जोसेफ हो  र  उनी  उत्तर प्रदेशको  मेरठमा बस्छिन्।  भनिन्छ कि  मंदाकिनीलाई   ‘राम तेरी गंगा मैली’ साइन गर्नुभन्दा पहिला  तीन फिल्ममेकरले  रिजेक्ट गरिसकेको थियो।  मंदाकिनी फिल्ममा आफ्नो काम भन्दा  मोस्टवांटेड ग्यांगस्टार दाउ इब्राहिमको  अफेयरको कारण चर्चामा आईन्।

अभिनेता  र  निर्देशक  राज कपूरले पहिलो पटक  मंदाकिनीलाई देखेका थिए।  त्यस समय मन्दाकिनी २२ वर्षकी थिइन्। राज कपूरले नै  ‘राम तेरी गंगा मैली’ मा  कास्ट गर्नुभन्दा पहिला यास्मीनबाट नाम बदलेर मंदाकिनी नाम राखेका थिए।

‘राम तेरी गंगा मैली’ फिल्मबाट मंदाकिनीले बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा मंदाकिनीले बोल्ड सिन  दिएकी थिइन्। यो सीनमा मंदाकिनी केवल सेतो रङको साडी लगाएकी थिइन्। यो सीनलाई  राज कपूरले कसरी सेन्सर बोर्ड पास गरे त्यो त कसैलाई थाहा छैन।

मंदाकिनीले  लीडिंग डेलीलाई दिएको एक अन्तर्वार्तामा भनेका थिइन्  कि दाउद उनको साथी मात्र हुन्। सोनाक्षी सिन्हा र अक्षय कुमारको  फिल्म ‘वन्स अपन अ  टाइम इन मुंबई’ दोस्रोमा  सोनाक्षीको भूमिका  मंदाकिनीबाट  प्रेरित थियो। यो फिल्ममा  अक्षयले  ग्यांगस्टार दाउदको भूमिका निभाएका थिए।

मंदाकिनीले १९९६ सालमा फिल्मलाई अलविदा गरेकी थिइन्।  किनकि उनको कुनै पनि फिल्मले बक्स अफिसमा कमाल रहेन।  मंदाकिनीले  डाक्टर कग्यूर टी रिनपोचे ठाकुरसँग बिहे गरेकी हुन्। उनी एक बुद्धिस्ट भिक्षु हुन्।  मंदाकिनीको दुई बच्चा छ।  छोराको नाम राबिल र छोरीको नाम  इनाया ठाकुर हो।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०७:४८

No smoking को विज्ञापनमा देखिने यी बच्ची भैसकिन् १९ वर्ष, अहिले यस्तो भइन् [तस्विर सहित]