No smoking को विज्ञापनमा देखिने यी बच्ची भैसकिन् १९ वर्ष, अहिले यस्तो भइन् [तस्विर सहित]

बलिउड चलचित्रहरुमा एक पिता र छोरी देखाइने धुम्रपान विरुद्धको विज्ञापन देख्नु भएको छ ? पक्कै पनि छ होला।

धेरै जस्तो बलिउड चलचित्रहरुको शुरुवातमा, बीच-बीचमा देखाइने ‘नो स्मोकिंग एड’मा देखाइने बालिका अहिले अहिले धेरै ठूली भैसकिन्। ‘नो स्मोकिंग एड’मा देखाइने गरेकी ती बालिका सिमरन नाटेकर हुन्।

सिमरन नाटेकर अहिले उमेरले २५ वर्ष पुगीसकिन्। धुम्रपान विरुद्धको विज्ञापनमा सिमरनले करिब १० वर्ष अगाडी काम गरेकी थिइन्। अझै पनि बलिउड चलचित्रहरुमा धुम्रपान विरुद्ध सन्देश प्रवाह गर्न सोहि विज्ञापन देखाइन्छ।

यही विज्ञापन पछि उनले विभिन्न विज्ञापनहरुमा काम गर्ने मौका पाएकी थिइन्। लगभग ४५ सेकेन्डको धुम्रपान विरुद्धको विज्ञापन बाट टेलिभिजनमा डेब्यु गर्ने मौका पाएकी सिमरनले अहिले सम्म धेरै विज्ञापनहरुमा काम गरेकी छन्।

डोमिनोस, भीडियोकोन, क्लिनिक प्लस, बार्बी जस्ता ब्राण्डको विज्ञापनमा मात्र नभई सिमरन विभिन्न टेलिभिजन सिरियलहरुमा पनि देखा परिसकेकी छन्।

सिरियल, विज्ञापनको अलावा सिमरन फिल्म ‘दावते-ए-इश्क’मा पनि देखा परेकी थिइन्। सिमरनले अभिनयको अलावा अहिले आफ्नो पढाईलाई पनि ध्यान दिन्छिन्।

पढाईकै लागि केहि समय अभिनय देखि ब्रेक लिएको उनी बताउने गर्छिन्। सिमरन हाल मुम्बईमा बसेर आफ्नो अध्ययन पूरा गर्दैछिन्। अध्ययन पूरा भएपछि अभिनेत्री बन्ने उनको सोच छ।


*****

-एजेन्सी

प्रकाशित : बिहिबार, साउन १६, २०७६०७:५१

‘शिवभक्त’ अजय देवगन भए ट्रोलको पात्र, तस्विर सहित!