‘शिवभक्त’ अजय देवगन भए ट्रोलको पात्र, तस्विर सहित!

बलिउड अभिनेता अजय देवगन निकै प्रतिभाशाली अभिनेता र एक्शनको लागि चिनिन्छन्।  उनको फिल्ममा कैयौँ पटक शिवको फोटो देखाईएको छ ।  सिंघम, सन अ फ सरदार, अल द बेस्ट र गोलमाल जस्ता फिल्ममा उनको पाखुरामा शिवको ट्याटु देखिएको छ।  उनको  एक फिल्मको नाम पनि शिवाय थियो।

 

हालै  अजयले  भगवान शिवको  मन्दिरमा  पूजा-अर्चना गरेको देखेर मान्छेले उनलाई ट्रोल गरेका छन्। अजय देवगनले आफ्नो  फिल्म भुज: द प्राइड इंडियाको  शूटिंग मांडवीमा सुरु गरेका थिए। फिल्मको  एक गित पनि शुट गरेका थिए।  यसैक्रममा अजयले  श्री नागनाथ महादेव मंदिरमा दर्शन गर्न गएका थिए।  तर अजय जुन  गेटअपमा  दर्शन गर्न गएका थिए  त्यो दर्शकहरुलाई मन परेन।

वास्तवमा अजय देवगन मन्दिरमा छोटो कपडा लगाएर पुगेका थिए, जुन युजर्सलाई मन परेन र ट्रोल  बनाउन सुरु गरे। यूजर्सले  अजय देवगनलाई छोटो कपडा लगाएर मन्दिर जानु हुदैन भन्ने सल्लाह दिएका छन्।  बलिउड हंगामा एक रिपोर्ट अनुसार , ‘छुट्टीको दिन थियो र अजय रिल्याक्स गर्दै थिए।  जब कोहि पुजा गर्छ  तब त्यो उनको व्यक्तिगत र निजी काम हुन्छ। त्यसैले उनीहरु सोशल मीडियामा तस्विर पोस्ट गर्नमा सहज हुदैनन्।  अजय एक राम्रो मान्छे हुन्।’

केहि दिन अगाडी अजय देवगनले  मीटूलाई लिएर एक बयान दिएका थिए।  जुनको कारण उनको निकै आलोचना भएको थियो। अजय देवगनसँग सोधिएको थियो कि उनी #MeToo मुभमेन्टमा फसेका मान्छेसँग काम गर्न चाहनुहुन्छ कि हुदैन। अजय देवगनले भने कि , ‘आरोप लाग्नु र दोषी साबित हुनुमा फरक हुन्छ।  त्यो मान्छेसँग काम नगरौ जसलाई आरोप साबित भईसकेको छ। उनको  परिवारको  बारेमा के ? म एक आरोपीलाई चिन्छु जसको छोरी निकै समस्यामा थिइन्।  उनले खान पिउन र स्कुल जान छोडेकी थिइन्। ‘

प्रकाशित : बिहिबार, साउन १६, २०७६०८:३१

बिहेको हल्ला भैरहेको बेला मंगलसूत्रर सिन्दुरमा देखिईन् राखी सावंत, दिईन यस्तो जवाफ!