म्याराडोनाको त्यो हातले गरेको अविश्मरमणीय गोल [भिडियो सहित]

धेरै हिसाबले वर्ष २०२० राम्रो रहेन। एक तर्फ कोरोना महामारीको त्रास अझै पनि सम्पूर्ण विश्वभर छ, अर्को तर्फ फुटबल जगतमा एक दुखद घटना घटेको छ। फुटबल इतिहासकै उत्कृष्ट मध्य एक अर्जेन्टिनी फुटबल खेलाडी डिएगो अर्मान्डो म्याराडोना अब यो संसारमा रहेनन्। अर्जेन्टिनी संचार मध्यमका अनुसार म्याराडोनाको गयारती हृदयघातका कारण मृत्यु भयो। म्याराडोना लामो समयदेखि बिरामी थिए। दुई साताअघि मात्र म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो।

विश्वभरका फुटबल फ्यानहरूका लागि म्याराडोनाको बिदाइको खबरले कुनै आक्स्मिक झट्का भन्दा कम रहेन। आफ्नो खेल जीवनमा उत्कृष्ट खेल शैलीको कारण चर्चामा रहने उनी खेल जीवनपछि पनि एक रकस्टार थिए।

म्याराडोनाको करियरमा थुप्रै चर्चाका विषय रहे। तर यी सबै मध्य पनि सबैभन्दा प्रख्यात रह्यो सन् १९८६ को विश्वकप क्वाटर-फाइनलमा उनले गरेको गोल जुन पछि गएर “ह्याण्ड अफ गड गोल” को रूपमा प्रसिद्ध भयो।

ह्याण्ड अफ गड 

सन् १९८६को विश्वकपको क्वार्टर फाइनलमा इंग्ल्याण्ड विरुद्ध माराडोनाले गरेको गोल निकै चर्चित र विवादास्पद रह्यो। उक्त गोल म्याराडोनाले आफ्नो हातको प्रयोग गरेर बल गोल पोस्ट भित्र छिराएका थिए। तर रेफ्रीले उक्त घटनालाई देखेनन् र गोल दिए। म्याराडोनाले उक्त गोललाई भगवानको इच्छा भन्दै “ह्याण्ड अफ गड” भनेर वर्णन गरे।

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१५:३९

“नेइमार युरोपको उत्कृष्ट ३० खेलाडीमा पनि पर्दैनन्, उनीमा खर्च गर्नु बेकार हो”