नरिवलको तेल कपाल र छाला दुबैको लागि राम्रो मानिन्छ। यदि तपाईं नरिवलको तेलले चायाँ, रुखो कपालबाट छुटकारा पाउन चाहानुहुन्छ भने यी चीजहरूलाई नारियलको तेलमा मिक्स गर्नुहोस्। जान्नुहोस् नरिवलको तेलबाट हेयर मास्क कसरी तयार गर्ने …
नरिवलको तेल, केरा र महको हेयर मास्क
केराले धेरै पोटाशियम र प्राकृतिक मिनरल्स समावेश गर्छ। यसलाई कपालमा लगाउँदा कपाल बलियो हुन्छ र ओसिलो रहन्छ। त्यस्तै, महले कपालमा रहेका जीवाणुहरू हटाउँछ। यसले तपाईंलाई चायाँ र अन्य प्रकारका संक्रमणहरूबाट बचाउँछ।
सामग्री
१ चम्चा नरिवलको तेल
एउटा केरा
२ चम्चा मह
२ चम्चा दुध
तयार गर्ने तरिका
सबैभन्दा पहिला केरा छिलेर त्यसमा नरिवलको तेल, दुध र मह मिक्स गर्नुहोस्। यो हेयर मास्क कपालमा हप्तामा एक पटक लागू गर्नुहोस्। त्यसपछि सावर क्याप लगाउनुहोस् र टाउकोमा २ घण्टा राख्नुहोस्। त्यसपछि कपाल श्याम्पू र मनतातो पानीले धुनुहोस्। यसो गर्नाले कपाल हाइड्रेट हुन्छ।
नरिवलको तेल र अण्डाको हेयर मास्क
यदि तपाईंको कपाल धेरै बिग्रिएको छ र बेजान भइसकेको छ भने, तब यो प्याक तपाईंको लागि उपयोगी हुनसक्छ। यसले अण्डाहरूको पहेंलो भाग समावेश गर्छ जुन प्रोटिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण हुन्छ।
सामग्री
२ चम्चा नरिवलको तेल
एउटा अण्डाको पहेंलो भाग
१ चम्चा मह
तयार गर्ने तरिका
एउटा कचौरामा नरिवल तेल, अण्डाको पहेंलो भाग र मह मिक्स गर्नुहोस्। यो हेयर मास्क हप्तामा दुई पटक लागू गर्नुपर्छ। टाउकोमा यो मास्क लगाए पछि, २ मिनेटको लागि टाउकोको मालिश गर्नुहोस्। त्यसपछि कम्तिमा १ घण्टाको लागि यो मास्क टाउकोमा छोड्नुहोस्। त्यसपछि यसलाई तातो पानी र श्याम्पूले सफा गर्नुहोस्। नियमित रूपमा २-३ महिनासम्म यसो गर्नाले यसको फाइदा मिल्नेछ।
नरिवलको तेल र कागतीको हेयर मास्क
चायाँले कपाललाई पूर्ण रूपमा नष्ट गर्नसक्छ। त्यसकारण, कपालबाट चायाँ हटाउन कागती र नरिवलको तेल लगाउनुहोस्। कगतिमा भिटामिन सी समावेश हुन्छ जसले कपालको चायाँ हटाउन मद्दत गर्छ। थप रूपमा, कागतीले टाउकोबाट तेल निकाल्छ जसले गर्दा टाउकोको छिद्र बन्द हुँदैन।
सामग्री
१ चम्चा नरिवलको तेल
आधा चम्चा कागतीको रस
तयार गर्ने तरिका
एउटा कचौरामा नरिवल तेल लिनुहोस् र यसमा कागतीको रस मिक्स गर्नुहोस्। त्यसपछि, यसलाई आफ्नो कपालमा लगाउनुहोस् र कपालको मसाज गर्नुहोस्। १५ मिनेटपछि आफ्नो कपाल तातो पानीले धुनुहोस् र यसलाई श्याम्पू गर्नुहोस्।