हामीलाई लाग्न सक्छ यूटीआई वा मूत्र पथ संक्रमण प्राय: महिलालाई हुन्छ। तर धेरैजसो महिला र वयस्कहरूमा देखिने यो समस्या बच्चाहरू पनि हुनसक्छ। यो संक्रमण बच्चाहरूमा एक ग-म्भीर समस्या हो। यो रोगको ठिक समयमा उपचार गर्नु निकै महत्वपूर्ण हुन्छ।
बच्चाहरुमा यूरिन इन्फेक्शनको लक्षण
१. ज्वरो आउनु
२. पिसाब गर्दा दुख्नु
३. बारम्बार पिसाब आउनु
४. बान्ता
५. पिसाबमा देखिनु
६. खान मन नलाग्नु
७. रिब र हिप बीचको हड्डी दुख्नु
अधिक पानी पिउनु
संक्रमणको समयमा सकेसम्म धेरै पानी पिउनु पर्छ। अधिक पानी पिउँदा बच्चालाई बारम्बार पिसाब आउँछ जसले विषालु पदार्थहरू शरीरबाट छिटो बाहिर लेराउन मद्दत गर्छ। तर बच्चालाई बढी पानी पिउन जबरजस्ती नगर्नुहोस्। यदि तपाईंको बच्चा ६ महिना भन्दा कम उमेरको छ भने, उसलाई अधिक दूध खुवाउनुहोस्।
फलफुलको जुस
यदि तपाईंको बच्चा ६ महिना भन्दा बढी उमेरको छ भने अमला, ब्लूबेरी तथा भुँइकटरको जुस उत्तम हुन्छ। यी फलहरूले मूत्र पथमा हानिकारक ब्याक्टेरियाको वृद्धि रहुनबाट रोक्न मद्दत गर्दछ। तर बच्चालाई कुनै पनि प्रकारको जुस दिनु भन्दा पहिले डाक्टरको सल्लाह लिनुहोस्।
प्रोबायोटिक्स
हानिकारक सूक्ष्मजीवहरू रोक्न लाभदायक ब्याक्टेरियाहरू हुनु महत्त्वपूर्ण र आवश्यक छ। प्रोबायोटिक्सले शरीरको प्राकृतिक वनस्पति र ब्याक्टेरिया प्रतिरोध सुधार गरेर यूटीआईको उपचार रोगथाम गर्न मद्दत गर्दछ।