बिगुल स्वास्थ्य, काठमाडौँ । धेरै पुरुष तथा महिलाहरु कपालमा चायाँ परेर बिभिन्न उपायहरुमा समय बर्बाद गरेको सुन्न तथा देख्न पनि पाईन्छ । कतिपयको चाँया हटाउने तरीकाले काम गर्दछ भने कतिपयलाई उल्टो असर पारेर चाँया घट्नुको साटो उल्टो बढेको पाईन्छ । बिभिन्न एन्टीडेन्ड्रफ स्याम्फुहरुको प्रयोगबाट पनि दिक्क भैसक्नु भएको छ भने निम्न उपायहरु अपनाउनुहोस्, जसले गर्दा तपाईलाई पछुताउनु पर्दैन् ।
एक कप दहीमा एक बेसन मिलाएर कपालमा राम्रो संग मिचेर कपालको जरासम्म पुग्नेगरी लगाउनुहोस् । लगाएको दुई घण्टा पछी राम्रो संग धुनुहोस् ।अमला र रहरको रिठ्ठा लाई बराबर मात्रामा मिलाएर टोउकोमा लगाउनुहोस् अनि दुई घण्टा पछि राम्रो संग धुनुहोस् ।
नियमित रुपमा चाँया ठिक नहुन्जेल नुहाउनुभन्दा एकघण्टा अघी कगतीको रसले पूरै कपाल भिजाउनुहोस् र राम्रो संग मालिस गर्नुहोस् ।कपालमा नियमित रुपमा शुद्ध नरिवलको तेल प्रयो गर्नुहोस् । बास्ना आउने तथा हेर्दा राम्रो र सस्तो प्रकारका बजारीया तेलहरुको प्रयोग नगर्नुहोस् ।
तपाई अरुले प्रयोग गरेका सामाग्रिहरु काँइयो, ब्रस, तकिया जस्ता सामाग्रीहरु प्रयोग नगर्नुहोस्, र आफुले पनि अरुलाई प्रयोगका लागि नदिनुहोस् । यस्ता चिजहरु एकजना ले मात्र प्रयोग गरेको ठिक हुन्छ ।सकेसम्म रासायनिक स्याम्फुहरुको प्रयोग नगर्नुहोस् । चाँयाबाट छुटकारा पाउनका हर्बल स्याम्पुहरुको प्रयोग गर्न सकिन्छ ।