काठमाडौँ – बैतडीमा एक महिलाले अनौ’ठो शिशुलाई जन्म दिएकी छन्। बैतडीको सुर्नया गाउँपालिकाकी एक महिलाले विभिन्न अङ्ग नभएको अनौ’ठो शिशुलाई जन्म दिएकी हुन्।
सुर्नया गाउँपालिकाको–५ मडकी २१ वर्षीया गीता विकले अनौ’ठो छोरालाई जन्म दिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
गीताले जन्माएको शिशु मल’द्वा’र, नाक र ओठ छैन। शिशुको मुखको छेउमा मासुका डल्ला पलाएको र म’लद्वा’र, ओठ र नाकको प्वाल नभएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराको भनाई छ।
शिशुको अवस्था सामान्य भएपनि शिशुले दुध चु’स्न सकेको छैन। जसकारण चम्चाले दुध खुवाइएको छ। उक्त शिशु समय पुगेपछि नै जन्मिएको महराले बताए।
महराका अनुसार उक्त शिशु सोमबार बेलुका जन्मिएको हो। शिशुलाई स्वास्थ्य चौकीले उपचारका लागि धनगढी रेफर गरेपनि आमा र शिशु घर फर्किएका छन्।
आर्थिक अभावका कारण आमा र शिशु धनगढी नगई सिधै घर गएको बताइएको छ। तर, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले भने उपचारमा गाउँपालिकाले सहयोग गर्ने बताएपनि उपचारका लागि बाहिर लैजान नमानेको बताए।
महिला गर्भावस्थामा हुँदा खाएको कुनै औषधिका कारण अथवा गर्भप’तन गराउने औषधिका कारण यस्ता अ’नौठो बच्चा जन्मिने गरेको चिकित्सकहरु बताउँछन्।