मेस्सी पिएसजी जान लागेको हल्ला बारे बोले मेस्सीका पिता !

एजेन्सी – लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवालाई लिएर कतारी प्रतिनिधि भेट गरेको भन्ने समाचारलाई मेस्सीका एजेन्ट समेत रहेका पिता जर्ज मेस्सीले अस्वीकार गरेका छन् ।

बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित रहेको बताइएको छ । सिजनको सुरुवातमा पनि मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेका थिए । पछि विवाद हुने देखिएपछि मेस्सी सम्झौताको बाँकी अवधि क्लबमै रहन तयार भएका थिए । अहिले फेरि मेस्सीको सुरुवाको विषयमा पुनः चर्चा सुरु भएको छ ।

‘मेस्सी पिएसजी जाने विषय थप बलियो भएको छ’, सञ्चारमाध्यमले जर्ज मेस्सीले कतारी वाणिज्य दुतलाई भेटको समाचार प्रकाशित गरेको थियो ।

त्यो समाचार सार्वजनिक भएको केहि समयमै सामाजिक सञ्जालमार्फत जर्ज मेस्सीले त्यसको खण्डन गरेका छन् । ‘गलत । अर्को प्रायोजति समाचार । म सेप्टेम्बरदेखि अर्जेन्टिनामै छु’, मेस्सीका बाबुले भनेका छन् । गत साता मेस्सीको व्यत्तिगत जाहाज रोसारियोबाट बार्सिलोना पुगेको बारेमा समेत सन्चारमाध्यमले प्रकाशित भएको थियो ।

गत साता नेयमारले मेस्सीसँग पुनसँगै खेल्ने इच्छा रहेको बताएपछि उनी पिएसजी जान सक्ने विषयमा चर्चा सुरु भएको थियो । फेरि सोमबार च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना र पिएसजीबीच प्रतिस्पर्धा हुने भएपछि मेस्सीको विषयमा चर्चा चुलिएको छ ।

‘साथी हामी चाडै भेट्ने छौं’, नेयमारले इन्स्टाग्राममा मेस्सीका लागि लेखेका छन् । जनवरी १ बाट मेस्सी कुनै पनि क्लबसँग छलफलका लागि खुला हुनेछन् । उनको बार्सिलोनासँगको सम्झौता अब बाँकी ६ महिना रहेको छ ।

प्रकाशित : बुधबार, पुष ०१, २०७७१०:३०

“मेस्सी र ग्रिजमन लयमा हुने हो भने बार्सिलोनालाई कसैले रोक्न सक्दैन”