जाडो महिनामा विभिन्न समस्या देखा पर्छ। ती मध्य एक हो ओठ फुट्ने समस्या। ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। त्यसैले, यसलाई चिसोले छिटै असर गर्छ। ओठ फुट्ने समस्या हर कोहिलाई हुने सामान्य हो। ओठ फुट्ने समस्याको विभिन्न कारण हुन सक्छ। यस समस्याका केहि कारण बारे जान्नुहोस्…
मौसमी कारण
ओठको छाला अति नै पातलो र संवेदनशील हुने कारणले चिसो र सुख्खा हावाले प्रभावमा छिटै आउँछ। त्यसैले, जाडो महिनामा धेराओ ओय्ह फुट्ने समस्याले सताउँछ।
दाँतको सफाई
दैनिक रूपमा दाँतको सफाई नगर्दा मुखमा विभिन्न प्रकारका ब्याक्टेरियाले घर जमाउँछ र कहिलेकहीं जिब्रोले ओठ छुँदा उक्त ब्याक्टेरिया ओठमा आउँछन्, जसको कारणले ओठ फुट्ने सम्भावना उच्च हुन्छ।
पानीको कम सेवन गर्दा
शरीरमा पानीको मात्र कम भयो भने हाम्रो शरीरमा निर्जलीकरण हुन्छ जसको कारणले गर्दा पनि ओठ फुट्ने गर्छ।
मुखबाट स्वास फेर्दा
हामी प्राय: नाकबाट स्वास लिने र फाल्ने गर्छौं तर कहिलेकहिँ मुखबाट पनि स्वास फेर्ने गर्छौं। तर मुखबाट स्वास फेर्दा ओठ सुख्खा हुने र फुट्ने जस्ता समस्या देखा पर्न सक्छ।
घरेलु उपाय
नरिवलको तेल
नरिवलको तेल ओठ फुट्ने समस्याको लागि निकै लाभदायक मानिन्छ। दैनिक रूपमा फुटेको ओठमा नरिवलको तेल लगाउँदा केहि दिनमा नै यस समस्याबाट छुटकारा पाउन सकिन्छ।
एलोभेरा
एलोभेराले हाम्रो छालाको लागि मोइस्चराइजरको काम गर्छ। एलोभेराको जेल जस्तो पदार्थ फुटेको ओठको लागि निकै फाइदाजनक हुन्छ। नियमित रूपमा एलोभेराको प्रयोगले छिटै फुटेको ओठबाट छुटकारा पाउन सकिन्छ।
मह
महले तपाईंको ओठलाई मोइस्चराइज गर्न र फुटेको ओठलाई संक्रमणबाट बचाउन मद्दत गर्छ। त्यसको लागि सबैभन्दा पहिले जैविक मह छनौट गर्नुहोस्। र दिनको ३ ४ पटक दैनिक रूपमा तपाईंको औंलाहरूको वा कपास प्रयोग गरेर ओठमा लागू गर्नुहोस्।
काँक्रो
काँक्रो प्राय: सलादको रूपमा प्रयोग गरिन्छ। तर यसका अरु पनि थुप्रै फाइदा छन्। काँक्रोलाई काट्दा निस्केको चोप फुटेको ओठमा प्रयोग गर्दा ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।