बुधको राशि परिवर्तन: यी ४ राशिको चम्किनेछ भाग्य, मिल्नेछ लाभ नै लाभ !

ग्रहहरुको युवराज चन्द्र पुत्र बुध ग्रह १७ डिसेम्बरबाट धनु राशिमा प्रवेश गरिसकेको छ। बुध १७ डिसेम्बर बिहान ११ बजेर ५० मिनेट जाँदा वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गरेको हो। यस राशिमा यो ४ जनवरीसम्म रहनेछ। त्यसपछि, मकर राशिमा प्रवेश हुनेछ।

धनु राशिमा पहिले नै सूर्य अवस्थित छ। सूर्यलाई आत्मा र उर्जाको कारक मानिन्छ। त्यसतै, बुधलाई ज्ञान र बुद्धिको एक मानिन्छ। यस्तोमा बुधको राशि परिवर्तन केहि राशिको लागि शुभ रहन्छ। जान्नुहोस् कुन राशिको लागि यो समय शुभ हुन्छ त….

मिथुन राशि

मिथुन राशिका मानिसको लागि बुध ग्रहको गोचरले शुभ परिणाम ल्याउँछ। राशिको सप्तम भावमा बुधको गोचरले वैवाहिक जीवनमा सुमधुरता ल्याउँछ। व्यापारीहरूले पनि यस राशि परिवर्तनको समयमा शुभ परिणामहरू प्राप्त गर्नेछन्।

सिंह राशि 

आयका स्रोत बढ्नेछन्। बुध यस राशिको पाँचौं भावमा गोचर हुनेछ। शिक्षा र पैसाको हिसाबले राम्रो परिणाम प्राप्त हुनेछ। यस समयमा तपाईंको सोच्ने क्षमता बढ्नेछ, ताकि तपाईं सहि निर्णय लिन सक्नुहुनेछ।

तुला राशि 

तुला राशिका मानिसको लागि बुधको राशि परिवर्तनले साहस प्रदान गर्छ। बुध ग्रहको गोचर यस राशिको तेस्रो भावमा हुनेछ। जसको कारण रोजगारमा पदोन्नति र व्यवसायमा आम्दानी पनि बढ्ने सम्भावना छ।

धनु राशि 

राशिको प्रथम भावमा बुध ग्रहको गोचर हुनेछ। धनु राशिमा पहिले नै सूर्य बसेको कारण बुदादित्य योग बनेको छ। यो योगलाई ज्योतिषमा धेरै शुभ मानिन्छ। धन लाभका साथै रोजगार र व्यवसायमा शुभ परिणाम प्राप्त हुनेछ।

प्रकाशित : शनिबार, पुष ०४, २०७७१७:१७

आर्थिक राशिफल २०२१: यी ५ राशिको लागि अत्यन्त शुभ, छ आर्थिक लाभको प्रवल सम्भावना !