काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले १ सय ४० जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका कार्यालयहरुमा आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिनसम्म रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नको लागि प्राधिकरणले विज्ञापन खुला गरेको हो।
प्राधिकरणले आर्थिक प्रशासनको प्रवन्धक पद र एयरवर्दिनेश प्रवन्धकमा २र२ जना, एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृत र एभियसन फायर सर्भिसेस सहायकमा ३० जना माग गरेको छ।
आह्वान गरिएको पदहरुमा दरखास्त दिन चाहनेहरुले भदौ ७ गते सम्म दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दरखास्त दिनको लागि प्राधिकरणको वेवसाइट www.caanepal.gov.np मा गएर अनलाइन फारम भर्न सकिने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गोरखापत्रमा प्रकाशित गरेको सूचना