बढ्दो उमेरको साथसाथै त्वचाले फ्लेक्सिबिलिटी गुमाउँछ । यस्तैमा स्किनको हेरचाह गर्न जरुरी रहेको छ । बढ्दो उमेरसंगै अनुहारको छाला लुज हुन्छ। प्राय महिलाहरु डबल चिनलाई लिएर निकै समस्यामा हुन्छन्। र आफ्नो छालाको हेरचाहको लागि ब्यूटी प्रोडक्टको प्रयोग गर्छन्। जुन छालाको हेरचाहको लागी पर्याप्त हुदैन। स्किनको हेरचाहको लागि व्यायाम गर्न निकै जरुरी रहेको छ।
मानिसहरु डबल चिनबाट छुटकारा पाउनको लागि जे पनि गर्छन तर पनि डबल चिन कम हुदैन्। तर तपाई स्वस्थ डाइट र व्यायामले डबल चिनलाई कम गर्न सक्नुहुन्छ। यी पाँच व्यायामले अनुहारको डबल चिन हुन्छ कम:
निधारको मालिश
डबल चिनबाट छुटकारा पाउनाको लागि निधार तान्नु निकै लाभकारी हुन्छ। निधार तान्नको लागि एक फेस क्रीम वा मोइश्चराइजर लिनुहोला र आफ्नो औँलाको मदत्तले निधारमा लगाउनुहोला र हेयरलाइनतर्फ मालिश गर्नुहोला । यस्तो १० देखि १५ पटक गर्नुहोला ।
आँखाको मालिश
निधारको मालिश गरेपछि आँखामा गर्नुहोला । आजकलको लाइफस्टाइलमा मान्छे स्क्रीनमा धेरे समय बिताउछन्, जसले आँखामा थकान हुन्छ। आँखाको थकान कम गर्नको लागि आँखाको वरिपरी क्लकवाइज र एंटीक्लकवाइज दिशामा मालिश गर्नुहोला। त्यसपछि हातलाई १५ सेकेन्डसम्म आफ्नो आँखामा राख्नुहोला। त्यसपछि फेरी मालिश गर्नुहोला । यस्तो ५ पटकसम्म गर्नुहोला।
गालाको पुल अप्स
डबल चिन कम गर्नको लागि गालाको पुल अप्स सबैभन्दा प्रभावकारी मानिन्छ। सबैभन्दा पहिला आफ्नो हातले अनुहार राम्रोसँग ग्लाइड गर्नुहोला र नाकको छेउबाट हातले कानतर्फ लानुहोस् । यस्तो केहि पटकसम्म दोहोर्याउनुहोस् ।
चिन पुल अप्स
आफ्नो औँलाको मदत्तले च्यापुमा समात्नुस र बिस्तारै कानतर्फ लानुहोस्। यो मुभमेन्ट च्यापुबाट कानसम्म मात्र गर्नुहोस् । यस्तो १० पटक गर्नुहोस्।
गर्दनको मालिश
गर्दनको मालिश गर्नको लागि गर्दनलाई माथि तर्फ गर्नुहोला र आफ्नो औँलाले च्यापुमा भएको छाला वा मासु तल तान्नुहोस। यस्तो १० पटक सम्म गर्नुहोस । यस व्यायामबाट तपाईको छाला चमकदार हुन्छ।