मकैको रोटी खाँदा हुन्छ फाइदै फाईदा : आँखा स्वस्थ राख्नुको साथै हुँदैन् कब्जियत

मकैको रोटी निकै फाईदाजनक रहेको छ। मकैको पिठोबाट बनेको खानेकुरा स्वादिष्ट हुनुको साथसाथै स्वास्थ्यको लागि निकै लाभदायक रहेको छ। मकैको पिठोमा  फाइबर हुन्छ र साथै यसमा ग्लूटन हुँदैन ।  त्यसैले यसको सेवनले  शरीरको डायबिटीज र हाइपरटेन्शन जस्ता गम्भीर बिरामीबाट बचाउँछ। थाहा पाउनुहोस् मकैको पिठो स्वास्थ्यको लागि कतिको फाईदादायक रहेको छ।

मकैको पिठोमा भिटामिन ए  र क्यारोटिनाइड पर्याप्त मात्रामा हुन्छ।  त्यसैले यसको सेवन आँखाको लागि लाभदायक हुन्छ।

एनीमियाबाट बच्ने

मकैको पिठोमा  आईरन हुन्छ त्यसैले यसको सेवन गर्नाले एनीमियाको समस्या पैदा हुदैन। मकैको पिठोको सेवन गर्नाले रगतको कमी हुदैन र शरीरमा हेमोग्लोबिनको स्तर पनि सही बनिरहन्छ।

कब्जियत हुने

मकैको पिठो सेवन  गर्नाले शरीरमा  पर्याप्त मात्रामा फाइबर पुर्याउँछ। जसले गर्दा शरीरमा कोलेस्ट्रोलको स्तर पनि सामान्य बनिरहन्छ। कब्जाको समस्या पनि पैदा हुँदैन ।

वजन कम गर्ने

मकैको पिठोको  सेवन गर्नाले शरीरमा उर्जा बनिरहन्छ। धेरै लामो समयसम्म पनि भोक लाग्दैन। जसकारण तपाई अतिरिक्त खानाबाट बच्नुहुन्छ। जसकारण वजन बढ्ने समस्या पैदा हुँदैन ।

हाइपरटेन्शनबाट बच्ने

सधैँ मकैको पिठोको सेवन गर्नाले शरीरलाई पर्याप्त मात्रामा भिटामिन बी मिल्छ जसले हाइपरटेन्शनको समस्या पैदा हुँदैन । यसले ब्लडप्रेशर पनि नियन्त्रण गर्छ।

गर्भवती महिलाले अवश्य प्रयोग गर्नुपर्ने

गर्भवती महिलाले आफ्नो आहारामा मकैको रोटी जाडोमा खानुहोस् किनकी यसले आमा र बच्चा दुवैको स्‍वास्‍थ्‍यमा लाभ हुन्छ । गर्भवती महिलामा  फोलिक एसिडको कमीको कारण हुने वाला बच्चाको वजन कम हुन्छ। मकैमा फोलिक एसिड राम्रो मात्रामा पाईन्छ। जुन गर्भवती महिलाको लागि निकै नै महत्‍वपूर्ण हुन्छ। यसको अधिक सेवन गर्नुभन्दा पहिला डाक्टरको राय लिनुहोला।

प्रकाशित : आइतबार, पुष १२, २०७७१३:१०

पत्थरी हुँदा के खाने के नखाने ? जान्नुहोस् लक्षण र उपाय !