दैनिक खानुहोस् एउटा ल्वांग, मिल्नेछ यस्ता चमत्कारिक फाइदा !

हाम्रै भान्सामा धेरै मसलाहरू छन्, जसको प्रयोग गरेर हामी थुप्रै स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन सक्छौं। ती मध्य एक हो ल्वांग। ल्वांगमा इउजेनल समावेश हुन्छ जसले स्वास्थ्य सम्बन्धी समस्या जस्तै साइनस र दाँतको दुखाइको लागि लाभदायक हुन्छ।

ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेको बेला यसलाई पानीमा उमालेर पिउँनाले निकै फाइदा गर्छ। जान्नुहोस् ल्वांगका यस्ता थुप्रै फाइदाहरु :

एसिडिटी 

दैनिक रूपमा एक ल्वांगको सेवनले हाम्रो शरीरमा सलाइभा उत्पादन हुन्छ जसले हामीले खाएको खाना सजिलैसँग पचाउन मद्दत गर्छ। यस्तोमा, एसिडिटीको समस्याबाट छुटकारा मिल्छ।

चोट-पटक 

ल्वांगमा थुप्रै एन्टीब्याक्टेरियाल तत्व समावेश हुन्छन्, जसले गर्दा शरीरमा लागेको चोट-पटक छिटै निको हुनमा मद्दत गर्छ। त्यसको लागि दैनिक रूपमा एउटा ल्वांग सेवन गर्न नबिर्सिनुहोस्।

रोग प्रतिरोधी क्षमता 

ल्वांगको सेवनले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ। यसको सेवनले थुप्रै रोगहरुको संक्रमणबाट बच्न सकिन्छ। त्यसैले, आफ्नो खानामा ल्वांग समावेश गर्नुहोस्।

छाला

ल्वांग छालाको लागि पनि अत्यन्त स्वस्थ हुन्छ। यसमा रहेको एन्टीअक्सिडेन्ट्स गुणले छालालाई कोमल र चमकदार राख्न मद्दत पुर्याउछ।

पिनास

ल्वांगमा युजेनल नामक तत्व पाइन्छ। दैनिक रूपमा बिहान–बेलुका ल्वांग हालेको चिया पिउनाले पिनासको समस्याबाट छुटकारा पाउन सकिन्छ।

मुटु 

दैनिक रूपमा एउटै मात्र ल्वांगको सेवन गर्नाले पनि शरीरको कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। यसले मुटुसम्बन्धि विभिन्न रोगको संक्रमणबाट बचाउँछ।

दाँत दुखाई 

ल्वांगको दैनिक सेवनले दाँत सम्बन्धि समस्याबाट पनि राहत प्रदान गर्छ। यसमा पाइने एन्टी इफ्लेमेटरी गुणले दाँत दुख्ने जस्ता समस्याबाट छुटकारा दिन्छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१६:४०

कोरोना संक्रमित बिरामीमा देखियो नयाँ साइड इफेक्ट : अनेक दुर्गन्ध आएको महसुस