मामूली देखिने फिटकरीको हुन्छ धेरै फाईदा !

फिटकरीमा रहेको  ‘एंटीबैक्टीरियल’ गुण कैयौँ  स्किन प्रब्लम्सलाई टाढा गर्ना मदत्त गर्छ। फिटकरीलाई  अंग्रेजीमा  एलम भनिन्छ । यसमा  पोटेशियम एल्युमिनीयम सल्फेट हुन्छ ।   साथै यसमा कैयौँ प्रकारको  औषधीय गुण हुन्छ। आयुर्वेदमा यसलाई कैयौँ रोगको उपचारमा उपयोग गरिन्छ।  फिटकरीमा  एंटी-ब्याक्टेरियल गुण पाईन्छ  त्यसैले केहि घरमा यसको प्रयोग  पानी सफा गर्नलाई गरिन्छ। आयुर्वेदमा पनि यसको कैयौँ फाईदा रहेको छ । छाला ,दात र कपालको लागि निकै फ़ाईदादायक रहेको छ। जान्नुहोस् यसको चमत्‍कारी फाईदाको बारेमा !

टाउकोको फोहोर र जुम्रा हटाउन

टाउकोको फोहोर र जुम्रा मार्ने घरेलु उपाय  फिटकरीको  पानीले कपाल धुनु फाईदादायक रहेको छ। यसको एंटी-ब्याक्टेरियल गुणले जुम्रा मार्च र फोहोर पनि जान्छ।

यदि  तपाईको अनुहारमा रिन्कल छ भने फिटकरीको पानी प्रयोग गर्न सक्नुहुन्छ। यो तपाईको लागि निकै फ़ाईदादायक रहेको छ। तपाई छानुहुन्छ भने  फिटकरीको एक ठुलो पानीमा डुबाएर अनुहारमा हल्का हातले लगाउनुहोला र केहि समयपछि सफा पानीले धुनुहोला। ।

कम आउनेछ  पसीना

यदि पसीना धेरै आउँछ भने नुहाउने बेला पानीमा  फिटकरी घोलेर नुहाउनुहोला।  यसले पसिना कम आउँछ।

गिजाबाट रगत आउँदा

यदि गिजाबाट रगत आउँछ भने फिटकिरी पानीमा घोलेर कुल्ला गर्नाले ठीक हुन्छ।  फिटकरीमा  एंटी-ब्याक्टेरियल गुण हुन्छ।  दातमा दुखाई र मुखमा गन्ध आएमा फिटकरीको प्रयोग गर्नुहोला।

यूरिन इंफेक्शन हुँदा

नियमित रूपमा  फिटकरीको पानीले आफ्नो प्राइभेट  पार्ट सफा गर्नुहोला। यस्तो गर्नाले यूरिन इंफेक्शनको  समस्या कम हुन्छ। यूरिन इंफेक्‍शन हुँदा  फिटकरीको पानी प्रयोग गर्न सकिन्छ।

बिच्‍छू वा किराले तोक्दा

विषालु कीरा वा  बिच्छूले तोक्दा पानीमा  फिटकरीको  पाउडर हालेर गाढ़ा घोल बनाएर लगाउनाले आराम मिल्छ ।

चोट लाग्दा

शरीरमा लागेको चोटबाट रगत आउँदा  फिटकरीको  पाउडर चोटमा छर्किदा  ब्लीडिंग बन्द हुन्छ।

प्रकाशित : शनिबार, पुष १८, २०७७१७:५५

कोरोना भाइरसको नयाँ प्रजाति पुरानोभन्दा ७० प्रतिशत छिटो सर्ने विज्ञको दावी !