ओली विरुद्ध भारतको समर्थन खोज्दै प्रचण्ड ! यसो भने …

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको नैतिक समर्थन खोजेका छन्।

एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा प्रचण्डले संसद विघटन भएको विषय विरुद्ध आफूहरुले शुरु गरेको अभियानमा भारतले नैतिक समर्थन गर्ने विश्वास व्यक्त गरेका हुन्।

भारतले यस अगाडी पनि विभिन्न परिस्थितमा नैतिक समर्थन जनाएको उल्लेख गर्दै प्रचण्डले अहिलेको अवस्थामा पनि भारतले नैतिक रुपमा समर्थन गर्ने विश्वास व्यक्त गरे।

“यो शान्ति प्रक्रिया, यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रक्रियामा भारतको पक्कै पनि नैतिक समर्थन सहयोग रहेको कुरा इतिहासमा स्थापितै छ।”,प्रचण्डले भने,”संविधानवाद र लोकतन्त्रमाथी जर्वजस्त कुल्चिन खोजिएको छ। मैले नैतिक समर्थन (भारत) को खोजेको छु”

शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले विगतमा नैतिक समर्थन दिएको भएपनि अहिलेको अवस्थामा भने भारत मौन देखिएको प्रचण्डले बताए। आफूले भारत चुप बसेकोमा आपत्ति जनाएको भने बुझ्न नहुने उनको भनाई छ। प्रचण्डले भारतको आलोचना गरेको रुपमा नुबुझ्न आग्रह समेत गरे।

“अहिले यो संकटमा परेको बेला मौन बसिराख्नु चाँही त्यति स्वभाविक जस्तो लाग्दैन्। तर यो आलोचना नबुझियोस फेरी, मैले आलोचना गरिएको भन्ने अर्थमा नबुझियोस। त्यो अर्थमा नबुझियोस”,प्रचण्डले भने।

 

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७१५:००

अब नेपाली जनताले सडक नछाड्ने योगेश भट्टराईको दावी !