जीन-पियरे पापीनले रियल मैड्रिडका स्ट्राइकर करीम बेन्जेमालाई यो पुस्ताकै सर्वश्रेष्ठ भनेर प्रशंसा गरेका छन्।
फ्रेन्च स्ट्राइकरले २००९ मा लियोनबाट रियल म्याड्रिड आएपछि स्पेनिस महारथीको लागि ५३१ खेल खेल्दै २६१ गोल गरिसकेका छन्। उनले रियल म्याड्रिडमा हुँदा ३ लालिगा र ४ च्याम्पियन्स लिग उपाधिका साथै १८ उपाधि जितिसकेका छन्।
पापीनका अनुसार मैदानको विपक्षीको हाफमा बेन्जेमाको प्रभाव कुनै दोस्रो खेलाडीसँग अतुलनीय छ। उनी स्यान्टियागो बर्नबेउमा ३३ वर्षीय फ्रेन्च खेलाडीले अन्तिम एघार वर्षमा आफ्नो शानदार फार्मलाई कसरी कायम राखेको देख्दा निकै अचम्मित हुन्छन्।
फ्रान्सका पूर्व अन्तर्राष्ट्रियले एल’इक्वएपेलाई भने,” करीम बेन्जेमा आफ्नो पुस्ताको सर्वश्रेष्ठ हो, उनी एकदम पूर्ण छन्। “मलाई उनको फिनिसिङ , हरेक आक्रमणमा उनको संलग्न, उनको सिर्जनात्मक क्षमता निकै मन पर्छ।”
“रियल म्याड्रिडमा उनको निरन्तरता अविश्वसनीय छ। उनी यस्तो क्लबमा आए जहाँ प्रतिस्पर्धा व्यापक हुन्छ र उनले धेरै महान खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै यहाँसम्म आइपुगे”, पापीनले भने।