काठमाडौँ : प्रधानमन्त्री सहित सांसदको श्राद्ध गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री सहित ८८४ जना सांसदको सामुहिक श्राद्ध गर्ने हेटौंडा २ का राकेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालका विभिन्न राजनीतिक दलका व्यक्तिहरुले राज्यको ढुकुटी सक्नेबाहेक कुनै काम नगरेको भन्दै सामुहिक श्राद्ध गरेका शर्मालाई प्रहरीले ‘अभद्र ब्यवहार’ गरेको भन्दै पक्राउ गरी हिरासतमा राखेको हो ।
प्रधानमन्त्री सहित सांसदले देशको स्वाधिनताको कुनै वास्ता नगरेको, राज्यको ढुकुटी दोहन गरेकाले आफूले सो कार्य गरेको उनले बताए ।
गत स्थानीय निर्वाचनमा शर्माले हेटौंडा उपमहानगरपालिकाका मेयर पदमा उम्मेदवारी समेत दिएको बताइएको छ ।