समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो ।

समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१३:०८

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार बजेट