वास्तु शास्त्रमा दिशाहरुको निकै महत्व रहेको हुन्छ । हामी भवन, पसल या अफिस सजाउदा कैयौं सानो-तिनो गल्तीहरु गरिरहेका हुन्छौ । यस कारणले हाम्रो घर-परिवारको सुख-शान्ती हराउने गर्दछ । यस्तो समस्या बाट छुटकारा पाउनुछ भने यी ५ उपाय तपाइको लागि बहुउपयोगी साबित हुनसक्छ।
* मुख्य द्वारमा रहेको अशुभ हटाउनको लागि
उपाय- यदि पसलको मुख्य द्वार अशुभ छ या दक्षिण-पश्चिम या दक्षिण दिशामा रहेको छ भने ‘यमकीलक यन्त्र’ को पूजन गरेर स्थापना गर्नुहोस् ।
* कसरी बनाउने घरमा शान्ती
उपाय-शयनकक्षमा झाडू नराख्नु होस् । यदि कष्ट भईरहेको छ भने सिरानी मुनी रातो चन्दन राखेर सुत्ने गर्नुहोस् ।
* यदि पसल या काममा मन् लाग्दैन भने
उपाय- श्वेत गणपतिको मूर्ति विधिवत पूजा गरेर मुख्य द्वारको अगाडि पछाडि स्थापना गर्नुहोस् ।
* पसलमा चोरी भईरहन्छ
उपाय- पसलमा मंगल यन्त्रको स्थापना गर्नुहोस् ।
* यदि सरकारी कार्यबाट परिशान हुनुन्छ
उपाय- घरमा सुर्य यन्त्रको विधिवत पूजा गरेर स्थापना गर्नुहोस् ।