बलिउडका हिट सिंगर अरिजीत सिंह ‘आशिकी-2’ को गीतबाट रातारात लाइमलाइटमा आएका थिए। आफ्नो पर्सनल लाइफलाई लिएर लाइम लाइटबाट टाढा रहने अरिजीतको बारेमा कमैलाई थाहा होला कि उनले दुई विवाह गरेका छन् । पहिलो श्रीमतीसँग छोडपत्र भएपछि उनले एक बच्चाको आमासँग दोस्रो विवाह गरेका थिए।
अरिजीत सिंहले आफ्नो करियरको सुरुवात तबला बजाएर गरेका थिए। त्यसपछि उनले आफ्नो आइडल संगीतकारलाई पछ्याउदै संगीतको दुनियामा आफ्नो कदम बढाएका थिए। उनको आइडल संगीतकारको लिस्टमा गुलाम अली खान, उस्ताद राशिद खान र जाकिर हुसैन जस्ता कैयौँ ठुला संगीतकारको नाम आउँछ।
अरिजीतले पहिलो-पटक एक टिभी शोमा भाग लिएका थिए , जसको नाम फेम गुरुकुल थियो। खास कुरा यो हो कि यस शोमा संजय लीला भंसालीले पहिलो पटक अरिजीतलाई नोटिस गरेका थिए र उनलाई आफ्नो अपकमिंग फिल्म ‘सावरिया’ मा मौका दिए । अरिजीतले संगीतको दुनियामा निकै नाम कमाएका छन्।
अरिजीतले पहिलो बिहे रियालिटी शोमा भेटेकी को-कन्टेसटेन्ट रुपरेखा बनर्जीसँग २०१३ मा गरेका थिए। तर एकअर्कामा मतभेदको कारण २०१३ मा नै यी दुई अलग भए।
२०१४ सालमा उनले दोस्रो विवाह सानै देखिको साथी ‘कोयल राय’ सँग गरेका थिए । कोयल पहिलेदेखि नै विवाहित थिइन्। वैवाहिक जीवनमा समस्या भएपछि कोयलले पहिलो श्रीमानलाई डिभोर्स दिएर अरजीतसँग बिहे गरेकी थिइन्। कोयल रायको पहिला नै एक छोरा थियो। अरिजीतले लामो समयपछि सोशल मिडियामा फोटो शेयर गरेर आफ्नो दोस्रो बिहेको बारेमा जानकारी दिएका थिए । एक अन्तर्वार्तामा अरिजीतलाई उनको दोस्रो बिहेको बारेमा कुरा गर्दा उनले आफ्नो पर्सनल लाइफको बारेमा नसोध्न रिपोर्टरलाई भनेका थिए।