जापान पुगेका ‘फुलन्देकी आमा’ लाई विमानस्थलबाटै नेपाल फर्काइयो…

साउन १८, पछिल्लो समय निकै चर्चा कमाउन सफल हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए । तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ कार्यक्रमको लागि उमेश राई र लोकगायिका सबिना गुरुङ एकसाथ बिहिबार जापान उडेका थिए ।   विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरु दुवैलाई  प्रवेशाज्ञा नदिएको बताएको छ ।

तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी यस कुराको जानकारी गराएको हो । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पहिले तोकिएको समय र स्थानमै हुने जानकारी गराएको छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०९:२७

एकपटक मरेर बाचेका थिए अमिताभ बच्चन, ३७ वर्षपछि लेखे यस्तो पोस्ट…