पिंक र मुलायम ओठको लागि घरमा नै बनाउनुहोस लिप बाम,थाहा पाउनुहोस् छिटो र छरितो बनाउने तरिका!

जाडो महिनामा चिसो हावाको कारण ओठ फुट्छ। फुटेको ओठलाई ठीक गर्नको लागि महिलाहरु लिप बाम र लिपस्टिकको प्रयोग गर्छन्। यस मौषममा ओठ कम नरम हुन्छ ।  केमिकल भएको लिम बामको प्रयोग गर्दा ओठ कालो हुन्छ। कालो र फाटेको ओठको लागि तपाईले घरेलु  लिप बामको प्रयोग गर्न सक्नुहुन्छ। थाहा पाउनुहोस्    लिप बाम बनाउने तरिका ।

लिप बाम बनाउने तरिका

लिप बाम बनाउनको लागी दुई चम्चा नरिवलको तेल , एक चम्चा शिया बटर, एक चम्चा मह ,आधा चम्चा चुकंदर पाउडर, एसेंशियल ओयल र एक चम्चा क्यास्टर ओयल लिनुहोला ।त्यसपछि एउटा प्यानमा नरिवल तेल, शीया बटर र क्यास्टर ओयललाई तताएर मिक्स गर्नुहोला। यस  मिश्रणमा मह , चुंकदर पाउडर र एसेंशयल ओयललाइ  मिसाउनुहोला। त्यसपछि यसलाई एक सानो भाडोमा राख्नुहोला। यस लिप बामलाई फ्रिजमा राख्नुहोला र पछि प्रयोग गर्नुहोला।

घरेलु  लिप बामको फाईदा

घरेलु   लिप बामको प्रयोग गर्दा ओठ निकै नै नरम हुन्छ। नारिवल तेलले फाटेको ओठलाई मोइश्चराइज गर मदत्त गर्छ। क्यास्टर ओयल र शिया बटर सुकेको ओठको लागि उपचार एजेंटको रुपमा कम गर्छ। एसेंशियल ओयलले ओठको फुस्रोपनलाई कम गर्छ। चुकंदर पाउडरले  लिप्सलाई  पिंक कलरको राख्छ ।

 

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१२:५८

यसकारण कहिले पनि आमा बन्न चाह्दिनन् यी बलिउड अभिनेत्री !