के तपाईं धेरै चाउचाउ खानुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोस् :

9051256 - dry instant noodle on white background

काठमाडौँ- नेपालमा चाउचाउलाई सबैभन्दा लोकप्रिय स्न्याक्समा लिइन्छ । सजिलै पाउने, छिटोछरितो र स्वादिलो हुने भएको हुनाले हामीमध्ये धेरैले चाउचाउ खाजाका रूपमा लिने गर्छौं ।

बच्चालाई मात्र नभएर जवान र वृद्धहरूसम्मलाई पनि चाउचाउ मन पर्छ । तर, यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

-चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ । चाउचाउले मानिसमा मधुमेह, मुटुसम्बन्धी रोग र मस्तिस्कघातजस्ता खतरा हुने पत्ता लागेको छ ।

-चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुन्छ । हप्तामा दुईपटक मात्र चाउचाउ खानेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ ।

-चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्न सक्छ ।

-चाउचाउमा हुने क्यालोरी, रिफाइन्ड कार्बोहाइड्रेट, स्यचुरेटेड फ्याट र सोडियमको उच्च मात्राले महिलालाई धेरै नै हानी गर्न सक्छ ।

प्रकाशित : बुधबार, पुष २९, २०७७१६:३७

हेर्दै घिन लाग्ने पहेंलो दाँत पनि सजिलै यसरी सफा र चम्किलो पर्नुस् !