माघ महिना कुन राशिका लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि 

यस महिना तपाईंको विशिष्ट व्यक्तित्त्वसँग भेट हुनेछ। पारिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। धर्म-कर्ममा संलग्न भइनेछ। कानुनी मामिलामा निर्णय तपाईंको पक्षमा आउने सम्भावना छ। परिवारका कुनै सदस्यको स्वास्थ्यमा समस्या आउनसक्छ। पैसा सम्बन्धि कारोबार निकै सावधानीपूर्वक गर्नुहोस्। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहनुहोला।

वृष राशि 

यो महिनामा तपाईं शुभ, मंगल तथा नयाँ कार्यको आरम्भ गर्न सक्नुहुनेछ। नयाँ वस्त्र उपाहार पाएर तपाईं प्रशन्न रहनुहुनेछ। स्वादिष्ट एवम उत्तम भोजनको आनन्द लिन सक्नुहुनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। हरेक कार्य सरलताका साथ पूरा हुने योग रहेको छ। साथी-भाईबाट भरपूर साथ सहयोग प्राप्त हुनेछ। लामो समय देखि रोकिएका काम पनि पूरा हुने सम्भावना छ।

मिथुन राशि 

अनावश्यक वाद-विवादमा नपर्नुहोला। सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ। शिक्षा क्षेत्रमा सोचे अनुरुप परिणाम नमिल्न सक्छ। आफन्तसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। वैदेशिक कार्यमा विशेष सफलता मिल्ने योग रहेको छ। स्वास्थ्य प्रतिकूल रहनसक्छ, सजग रहनुहोला। महिनाको अन्त्यमा रमणीय यात्राको सम्भावना छ। कला क्षेत्रमा विशेष रुचि बढ्नेछ।

कर्कट राशि 

तपाईंको लागि यो महिना उत्साहपूर्ण रहनेछ। नयाँ व्यवसाय सुरु गर्नको लागि यो महिना अत्यन्त शुभ रहनेछ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार व्यवसाय क्षेत्रमा प्रसस्त लाभ हुने सम्भावना रहेको छ। अनावश्यक खर्च पनि हुनसक्छ। अनावश्यक काममा तपाईंको समय तथा परिश्रम खर्च हुनसक्छ।

सिंह राशि 

यस महिना तपाईंले सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। आयका स्रोत बढ्नेछन्। कसैलाई ऋण दिएको छ भने पनि पैसा फिर्ता आउने सम्भावना छ। नयाँ कार्य सुरु गर्नको लागि पूरा महिना शुभ रहनेछ। आफन्तसँग रमणीय भेटघाटका साथै यात्राको पनि सम्भावना रहेको छ। तपाईंको मिहेनतको उचित कदर हुनेछ।

कन्या राशि 

तपाईंले यस महिना गरेको कार्यले समाजमा मान-प्रतिष्ठा बढ्नेछ। नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। तपाईंको मिठो बोलीको कारण अरु मानिस प्रभावित हुनेछन्। साथी-भाईबाट भरपूर साथ सहयोग मिल्नुका साथै उनीहरुसँग रमणीय भेटघाटको पनि योग रहेको छ। महिनाको अन्त्यमा भने परिस्थिति प्रतिकूल हुनसक्छ।

तुला राशि 

दाम्पत्य जीवन सुखमय रहनेछ। आयका स्रोत प्रशस्तै बढ्नेछन्। वाहन सुखको योग रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। कार्यस्थल परिवर्तन गर्न चाहनुहुन्छ भने पनि समय उत्तम रहेको छ। महिनाको अन्त्यमा अनावस्यक झन्झट तथा झमेलामा पर्न सकिन्छ। वाणी तथा क्रोधमा संयम राख्नुहोस्। प्रेम सम्बन्धमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ।

वृश्चिक राशि 

यो महिना तपाईंको साहस तथा पराक्रम बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना उच्च छ। घरमा शुभ कार्यको आयोजना हुनसक्छ। वाहन लाभ मिल्ने सम्भावना पनि रहेको छ। महिनाको मध्यमा भने शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहन आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा तपाईंको अपमान हुनसक्छ, सजग रहनुहोला।

धनु राशि 

लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। शिक्षा क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। कानुनी मामिलामा पनि निर्णय तपाईंको पक्षमा आउनेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ। विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता प्राप्त गर्नेछन्।

मकर राशि 

यस महिना नयाँ काम सुरु गर्न सकिन्छ। कार्यस्थल परिवर्तनका साथै लामो यात्राको सम्भावना रहेको छ। आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। वाणीमा भने संयम राख्न जरूरी देखिन्छ। साथी-भाईसँग रमणीय भेटघाट हुनेछ। आर्थिक पक्ष मजबूत रहनेछ।

कुम्भ राशि 

स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। यो महिना नयाँ योजना कार्यान्वयनमा ल्याउन कठिन हुनेछ। सवारीसाधनको प्रयोगगर्दा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा मदभेद बढ्न सक्छ। महिनाको मध्यबाट समय उत्साहवर्द्धक रहनेछ। वैदेशिक क्षेत्रका अधूरा कार्य पूरा हुने सम्भावना छ। नयाँ वस्त्र तथा आर्थिक लाभ मिल्नाले तपाईं प्रशन्न रहनुहुनेछ।

मीन राशि 

यो महिना तपाईंको लागि मिश्रित रहने देखिन्छ। साथी-भाईबाट उपहार पाएर तपाईं प्रशन्न हुनुहुनेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल हुनुहुनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको सम्भावना छ। महिनाको मध्यमा धनहानि हुनसक्छ। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। परिवारमा मनमुटाव पनि हुनसक्छ।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७१७:३९

भोलि माघ ३ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !