बलिउडकी यी ४ अभिनेत्रीहरु जो मुस्लिम भएर जन्मिए, तर हिन्दु नाम राखेर कमाए निकै चर्चा!

बलिउड फिल्मबाट केवल हिरोहरुले मात्र नभई धेरै हिरोइनहरुले पनि आफ्नो अभिनयबाट दर्शकहरुको मन जित्न सफल भएका छन्। साथै आफ्नो फरक पहिचान पनि कायम गरेका छन्। जसमा प्रियंका चोपडा होस् या आलिया भट्ट। हरेक अभिनेत्रीले आफ्नो अभिनयको जादू ठुलो पर्दामा देखाएका छन्।

यी अभिनेत्रीहरुले आफ्नो विशेष क्यारेक्टरबाट दर्शकहरुको दिल र दिमागमा यस्तो छाप छोडेका छन् कि दर्शकहरुले उनीहरुको भूमिकाबारे थाहा पाइसकेका छन्। तर केहि अभिनेत्रीहरु यस्ता पनि छन् जसले राम्रो ख्याति र पहिचान बनाउनको लागि आफ्नो नामसमेत परिवर्तन गरेका थिए । आज हामी तपाईलाई ति मुस्लिम अभिनेत्रीहरुको बारेमा बताउदैछौ जसले हिन्दु नाम राखेर प्रसिद्धि कमाए।

आलिया भट्ट: फिल्ममा आफ्नो अभिनयबाट दर्शकहरुको दिल जित्न सफल भएकी अभिनेत्री आलिया भट्टबारे एक राज अहिलेसम्म उनका फ्यानहरुले समेत थाहा पाएका छैनन होला । आलिया भट्ट नाम सुन्दा हिन्दु लाग्छ तर उनि मूल रुपमा एक मुस्लिम खानदानबाट हुन्। आलिया भट्टको हजुरबुवाको नाम शिरीन मोहम्मद अली थियो।

रिना राय: बलिउड फिल्ममा अभिनेत्री जितेन्द्रकी हिरोईन भनेर चिनिने अभिनेत्री रिना रायको पनि एक मुस्लिम परिवारसंग सम्बन्ध छ। रिना रायको वास्तविक नाम सायरा राय हो। उनले १९७२ मा फिल्म ‘जरुरत’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। बलिउडमा कदम राख्नासाथ उनले आफ्नो नाम परिवर्तन गरेर सायरा अलिबाट रिना राय राखेकी थिइन्।

तब्बू: बलिउड इंडस्ट्रीकी चर्चित अभिनेत्री तब्बु पनि मुस्लिम परिवारबाट आएकी हुन्। उनको वास्तविक नाम तब्बसुम फातिमा हाशमी हो। तब्बुले १९८५ सालमा फिल्म ‘हम नौजवान’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले धेरै सुपरहिट फिल्म दिएकी छिन्।

मान्यता दत्त: संजय दत्तकी श्रीमती मान्यता दत्त पनि मुस्लिम हुन्। उनको वास्तविक नाम दिलनवाज शेख हो। उनि संजय दत्तकी तेस्रो श्रीमती हुन्। बताइएअनुसार मान्यताले फिल्म क्षेत्रमा आउनको लागि दिलनवाज शेख नाम परिवर्तन गरेर मान्यता राखेकी थिइन्। उनि फिल्म ‘गंगाजल’ बाट चर्चामा आएकी थिइन्।

प्रकाशित : शनिबार, साउन १८, २०७६१४:०१

यी बलिउड नायकलाई धेरै समय देखि गम्भीर मानसिक समस्या, भयो यस्तो खुलासा…