यी बलिउड नायकलाई धेरै समय देखि गम्भीर मानसिक समस्या, भयो यस्तो खुलासा…

एजेन्सी – हीरो नंबर 1, कुली नंबर 1, दूल्हे राजा जस्ता चलचित्रबाट ९० को दशकमा बलिउडमा तहल्का मच्चाएका गोविंदा मानसिक बिरामी रहेको भन्दै विभिन्न भारतीय संचार माध्यमहरुमा समाचार आएका छन्।

केहि समय अगाडी मात्रै हलीवुड फिल्म “अवतार” अफर गरिएता पनि रिजेक्ट गरेको भन्दै खुलासा गरेका गोविंदाले संजय लीला भंसालीको फिल्म देवदासमा आफूलाई चुन्नी लालको भूमिका अफर गरिएको बताएका थिए।

यहि विषयलाई लिएर उनको सामाजिक संजालमा मजाक उडाइएको थियो। हालसालै आएर गोविंदाका एक नजिकमा मित्रले गोविंदा मानसिक रुपमा बिरामी रहेको भन्दै अन्तर्वार्ता दिएका छन्।

डेक्कन क्रनिकललाई दिएको एक अन्तर्वार्तामा गोविंदाका नजिकमा मित्रले ठूला-ठूला प्रोजेक्टहरु अस्विकार गरें भन्दै धाक लगाउने गोविंदाको पूरानै बानि रहेको बताएका हुन्।

“गोविंदा लामो समयदेखि अनौठो व्यवहार गर्दै आएका छन्। ठूला प्रस्तावहरू अस्विकार गरेको भन्ने दावी गर्ने बानि उनमा लामो समय देखि छ। उनको यस नकारात्मकता अहिले बलिउड सम्म नै पुगेको छ।”, अन्तर्वार्तामा गोविंदाका एक मित्रले भनेका छन्।

गोविंदाका कयौं मित्रहरुका अनुसार गोविंदा केहि मनोवैज्ञानिक समस्याबाट ग्रसित छन्। उनका मित्रहरुका अनुसार झगडा गरेको कारण धेरै वितरक र प्रदर्शकहरूले गोविंदाको पछिल्लो चलचित्र रंगीला राजालाई प्रदर्शन गर्न अस्वीकार गरेका थिए।

गोविन्दले के भनेका थिए ?

टिभी शो ‘आप की अदालत’ का पुगेका समयमा गोविंदाले ‘अवतार’का डायरेक्टर जेम्स कैमरूनले आफूलाई एक भूमिका प्रस्ताव गरेको र आफूले अस्विकार गरेको बताएका थिए। आफ्नो शरीरलाई पेन्ट गर्न नचाहेको कारण ‘अवतार’ अस्विकार गरेको भन्दै गोविंदाले दावी गरेका थिए।

प्रकाशित : आइतबार, साउन १९, २०७६०४:४०

श्रीदेवीले यस फिल्ममा निभाएको जस्तै भूमिका निभाउन चाहन्छिन करिना…