४० वर्षको उमेर नाघेपछि नछुटाइ खानुहोस् यी चीज, मिल्नेछ नसोचेको फाइदा !

बढ्दो उमेरसँगै मानिसको मेटाबोलिजम र मांसपेशीहरू द्रुत रूपमा कमजोर हुँदै जान्छ। शारीरिक कमजोरी, रोग प्रतिरोधी क्षमता कमजोर हुने समस्या देखा पर्छ। विज्ञका अनुसार ४० वर्षको उमेरपछि पनि आफ्नो प्रतिरक्षा प्रणाली र मेटाबोलिजम मजबूत राख्नको लागि हामीले आफ्नो आहारमा केही चीजहरू समावेश गर्न जरूरी हुन्छ।

बदाम-ओखर 

बढ्दो उमेरसँगै आफ्नो खानामा बदाम तथा ओखर समावेश गर्नुपर्दछ। स्वस्थ फ्याट, प्रोटीन र फाइबरसहित यी नटहरू रोग प्रतिरोधात्मक क्षमताका लागि धेरै फाइदाजनक हुन्छन्। साथै यो वजन नियन्त्रण गर्नको लागि पनि अत्यन्त लाभदायक हुन्छ।

स्याउ

हरेक दिन बिहान एउटा स्याउ खाँदा मानव शरीर सबै रोगबाट टाढा रहन्छ। स्याउले धेरै समयसम्म पेट भरिएको महसुस गराउनुका साथै हृदय सम्बन्धि समस्याबाट पनि टाढा नै राख्छ। यसले हाम्रो लागि प्रतिरक्षा बूस्टरको रूपमा काम गर्छ।

साइट्रस फल

सुन्तला, अंगूर तथा कागती जस्ता फलमा एन्टि-अक्सीडेन्टहरू पाइन्छन्। यसमा रहेका फाइबर, भिटामिन सी र सबै प्रकारका पोषक तत्त्वहरू हाम्रो मस्तिष्कका लागि अत्यन्त फाइदाजनक हुन्छन्। मोटोपना र मुटु रोगको मामिलामा पनि साइट्रस फलहरू धेरै फाइदाजनक मानिन्छ।

अण्डा

बढ्दो उमेरसँगै शरीरमा भिटामिन डी र फलामको कमी हुनसक्छ। अण्डा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। यसमा प्रोटीनको उच्च स्तर हुन्छ, साथै कोलेस्ट्रोलको स्तर कम गर्ने, मुटु रोगको जोखिम कम गर्ने र मोटोपन नियन्त्रण गर्ने गुण पनि हुन्छ।

माछा 

साल्मन नामक माछामा स्वस्थ तेल पाइन्छ, जसको सेवनले हाम्रो शरीरमा थुप्रै फाइदा पुर्याउँछ। यो तेल मानव शरीरमा निर्मित अत्यावश्यक हर्मोनको निर्माणको दृष्टिकोणबाट पनि धेरै महत्त्वपूर्ण छ। वास्तवमा माछाले ओमेगा ३ फ्याट्टी एसिडहरू समावेश गर्दछ। यसले हाम्रो रोग प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ।

गाँजर

भिटामिन-एले भरपूर गाँजर प्रतिरक्षा प्रणालीका साथै हाम्रो छाला तथा आँखाको लागि पनि अत्यन्त लाभदायक हुन्छ। यसमा समावेश फाइबर र एउटा विशेष तत्वले हाम्रो अनुहारबाट कालो दाग, धब्बा र एक्नेको समस्या हटाउन मद्दत गर्दछ।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१८:५४

यसरी घरमै बनाउनुहोस् ‘टोम्याटो पनीर’ !