डार्क चकलेट कोको
कोकोमा रहेको फ्लेवोनल रक्त वाहिकाहरुलाई ठुलो पार्दै रक्तचाप कम गर्दछ । अत: मस्तिष्कमा हुने हानीकारक प्रभावलाई पनि घटाउँछ । दैनिक एक कप हट चकलेट सेवनले मानसिक खतरालाई कम गर्दछ । डार्क चकलेट बाहेक चियामा पनि भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ र दैनिक एक कप ब्ल्याक टि सेवनले प्रतिक्रिया समयमा सुधार आउन थाल्दछ ।
बदाम या ओखर शेक
बदाम वा ओखरमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ । बदाम र ओखरलाई एक गिलास दूधमा महको साथ मिलाएर पिउनुहोस् । यसले तपाइको दिमागको क्रियालाई राम्रोसंग काम गर्न सहायता दिन्छ । बदाममा निकै मात्रामा प्रोटिन हुन्छ जसले ब्रेन ग्रोथमा मद्दत गर्दछ । साथमा यसको सेवनले स्मरण शक्ति पनि बढाउँदछ । महले हामीलाई डिप्रेशनबाट टाढा राखी दिमागलाई स्वस्थ राख्दछ ।
टमाटरको जुस
टमाटरमा लाइकोपिन हुन्छ जसले तपाइको शरीरको फ्री रेडीकल्सको रक्षा गर्दछ र ब्रेनको सेल्सलाई ड्यामेज हुनबाट बचाउँछ । यसमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जस कारण मेमोरी क्षमता निकै गुणा बढ्दछ । टमाटरमा प्रोटिन, भिटामिन र फ्याट पाइन्छ जसले भुल्ने बानिलाई हटाउन मद्दत गर्दछ । यो दिमागी स्वस्थताको लागी निकै लाभदायक हुन्छ ।
चुकन्दरको रस
चुकन्दरको रसको सेवन गर्दा स्मरण शक्ति बढ्दछ र यसले दिमागको गर्मी तथा मानसिक कमजोरीलाई टाढा राख्दछ । एक अध्ययनको अनुसार चुकन्दरमा पाइने फ्रन्टल कर्क्सको कारणले शरीरमा नाइट्रेटको कमी सुचारू रूपबाट हुन थाल्दछ । जसले हाम्रो मस्तिष्कमा रगतको बहाव पनि ठीकसंग काम गर्न थाल्दछ । यसले दिमाग बलियो हुन थाल्दछ र न्यूरन्सको कमि पनि हुँदैन । हाम्रो दिमागको त्यो भाग जो संज्ञानात्मक कार्य (Cognitive function) गर्नको लागी जिम्मेवार मानिन्छ। यसले बढ्दो उमेरमा मेमोरीसंग सम्बन्धित समस्याबाट पनि बचाउँछ ।
ग्रीन टि
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रीशनमा छापिएको एक रिपोर्टको अनुसार ग्रीन टीको सेवन गर्दा डिमेन्सियाको सम्भावना कम हुन्छ । शोधको अनुसार ग्रीन टी दिमागको सेल्सलाई टुट्नबाट बचाउँछ र खराब भएको सेल्सको मर्मत गर्दछ, जसले अल्जाइमर र पर्किसनको खतरा हुँदैन । वैज्ञानिक अनुसार मस्तिष्कको पछाडी र अगाडीको क्यार्ट्रोसको बीच राम्रो तारतम्य स्थापित हुन्छ । जसले यो सिद्ध गर्दछ कि ग्रीन टि मस्तिष्कको सक्रियतालाई बनाई राख्दछ र बढाउँछ पनि ।