विवाह अघि वरुण धवनको कार दुर्घटना !

वरुण धवन र नताशा दलालको विवाहको सबै तयारी पूरा भइसकेको छ। अबको केहि घण्टामा नै यी दुई जोडीले सात फेरा लिनेछन्। यसैबीच, वरुण धवनको कर दुर्घटनामा परेको खबर छ। वरुण आफ्ना केहि साथीहरुसँग अलिबागका लागि निक्लेका थिए जब यो दुर्घटना भयो। यद्यपि यस दुर्घटनामा कसैलाई पनि ठूलो चोट भने लागेको छैन। खबरका अनुसार वरुण धवन पनि सुरक्षित छन्।

 

वरुण र नताशाले २४ जनावरी आइतबार अर्थात् आजको दिन मुम्बई नजिकैको अलिबागको मन्शन हाउसमा विवाह गर्दैछन्। आजको विवाह गरेपछि वरुण र डेभिडले मुम्बईमा आफ्ना साथीहरूलाई भव्य रिसेप्सन राखेका छन्।

कोरोना भाइरसलाई मध्यनजर गर्दै सीमित व्यक्तिहरूलाई मात्र विवाहमा आमन्त्रित गरिएको छ। करण जोहर, आलिया भट्ट, जान्हवी कपूर, अर्जुन कपूर र परिवारका अन्य सदस्यहरु विवाहमा सहभागी हुनेछन्। यस बाहेक डिजाइनर मनीष मल्होत्रा, शशांक खेतान, अभिनेता सलमान खान र शाहरुख खानलाई पनि विवाहका लागि आमन्त्रित गरिएको छ। त्यस्तै, अभिनेत्री शिल्पा शेट्टी, उनका पति राज कुन्द्रा, वाशु भगनानी र रेमो डिसूजा पनि यस विवाहमा सहभागी हुनेछन्।

प्रकाशित : आइतबार, माघ ११, २०७७१०:४४

कडा सुरक्षा व्यवस्थाबीच वरुण-नताशाको विवाह आज, शाहरुख-सलमान पनि आउँदै