कोरोना संक्रमणको कारण हुने मृत्यु कम गर्न सक्छ मधुमेहको यो औषधि ले ? यस्तो छ तथ्य !

हालसम्म दुनियाभरमा कोरोना भाइरस संक्रमणको कारण २१ लाख भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। यद्यपि धेरै देशहरूमा यसका विरुद्ध खोप अभियानहरू पनि भइरहेको छ । साथै यसबाट हुने मृ-त्युको जोखिम कसरी कम गर्ने भन्ने बारेमा निरन्तर अनुसन्धान भइरहेको र औषधीको खोजी जारी छ। विज्ञहरूले पहिल्यै भनेका छन कि कोरोनाबाट हुने मृ-त्युको जोखिम उनीहरुमा बढी हुन्छ जो मधुमेह वा अन्य ग-म्भीर बिरामी वा वृद्ध छन् र जसको रोग प्रतिरोध क्षमता कमजोर छ। अब एउटा नयाँ अनुसन्धानले दाबी गरेको छ कि मेटफर्मिन नामक औषधि सेवन गर्ने मधुमेह बिरामीहरूमा कोभिड-१९ बाट हुने मृ-त्युको जोखिम कम हुन्छ।

यो अध्ययन ‘फ्रन्टियर्स इन एन्डोक्रिनोलजी’ मा प्रकाशित छ। अध्ययनको क्रममा अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि मेटफर्मिन औषधीका साथ मधुमेहको उपचार गराउने व्यक्तिहरू कोभिड १९ को कारणले औषधी सेवन नगर्नेहरूको तुलनामा मृ-त्युको खतरामा कम हुन्छ।

यसभन्दा पहिले चीनको वुहानमा पनि डाक्टरहरूले यस औषधीको बारेमा अनुसन्धान गरेका थिए र उक्त औषधी कोरोना उपचारको लागि प्रभावकारी रहेको खुलासा गरेका थिए। अन्वेषकहरूले यससम्बन्धी तथ्यांक पनि प्रस्तुत गरेका छन् जसअनुसार यो औषधि एवं नगर्ने २२ मधुमेह रोगीहरुको कोरोनाका कारण मृ-त्यु भयो भने मेटफर्मिन सेवन गर्ने मात्र ३ बिरामीको ज्यान गयो।

गत वर्ष जुन-जुलाईको बीचमा, अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि करिब ६ हजार बिरामीहरूमा मेटफर्मिन प्रयोग गरेको थियो। उनीहरूको पनि यो औषधिले कोरोना भाइरस संक्रमित बिरामीहरूको मृ-त्युको जोखिम कम गर्ने भनाई थियो।

प्रकाशित : सोमबार, माघ १२, २०७७१७:१६

यस्ता समस्या भएका मानिसले खानु हुँदैन बदाम, हुनसक्छ स्वास्थ्यको लागि खतरनाक !