नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो निफ्राको शेयर यहि हप्ता बाँडफाँट हुने !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ ढिलोमा यहि साताको शनिबारसम्ममा बाँडफाँट गरिने भएको छ। नेपाल शेयर बजार इतिहासकै सबैभन्दा धेरै परिणाममा खुलेको आईपीओ यही साता बाँडफाँट हुने भएको हो।

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी दिइएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको र आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको जनाएको छ। शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याएको खण्डमा शनिबार बाँडफाँटको कार्यक्रम सक्ने क्यापिटलले तयारी गरिरहेको छ।

आठ अर्ब बराबरको आठ करोड कित्ता शेयर खुलाएकोमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको थियो भने १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ। उक्त आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन्।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७११:४८

हिजो महँगिएको सुन आज सस्तियो, हप्ता दिन यताकै सस्तो !