आजको व्यत समयमा प्राय: मानिस कुनै न कुनै रोगबाट ग्रसित हुन्छ, जसमध्ये एक हो मधुमेह। जब कुनै व्यक्तिको शरीरमा ग्लूकोजको मात्रा बढ्छ, यस अवस्थालाई मधुमेह भनिन्छ। यस्तो अवस्थामा, यस रोगबाट पीडित व्यक्तिहरूले निरन्तर धेरै प्रकारका औषधीहरू लिनुपर्छ। औषधीका साथै आफ्नो खानपानमा पनि ध्यान राख्न अत्यन्त जरूरी हुन्छ।
यस्तोमा, मधुमेह भएका मानिसले आफ्नो आहारमा के-कस्ता चीज समावेश गर्नुपर्छ त? जान्नुहोस्….
करेला
हामी मध्य धेरै मानिसलाई करेला मान्न नपर्न सक्छ। विशेष गरी बच्चाहरुले करेलाको तरकारी वा यसको जुस मन पराउँदैनन्। तर करेला सेवन गर्नाले मधुमेह जस्ता ग-म्भीर रोगहरूबाट छुटकारा पाउन सकिन्छ। यसले केराटिन भन्ने रसायन समावेश गर्छ, जसले रगतमा चिनीको स्तर नियन्त्रण गर्छ।
आलसको बिउ
अलसको बिउले हाम्रो शरीरलाई धेरै फाइदाहरु प्रदान गर्छ। यसले मधुमेहको कारण हाम्रो शरीरमा हुने प्रतिकूल प्रभावहरूलाई कम गर्नमा धेरै मद्दत गर्छ। आलसमा फाइबर राम्रो मात्रामा पाइन्छ। साथै, मधुमेह बिरामीहरूले थोरै समयमै थकित महसुस गर्न थाल्छन्, आलसको बिउले यस समस्याबाट छुटकारा पाउन पनि मद्दत गर्छ।
चुकन्दर
यदि तपाईं मधुमेहबाट पीडित हुनुहुन्छ भने तपाईंको लागि चुकन्दर निकै लाभदायक साबित हुनसक्छ। यसको सेवनले शरीरमा रगत शुद्धीकरण, हेमोग्लोबिनको स्तर बढ्नुका साथै रगत प्रवाह पनि सामान्य रहन्छ। चुकन्दरमा भिटामिन, फाइबरका साथै खनिज प्रशस्त मात्रामा पाइन्छ, जुन मधुमेहका बिरामीको लागि अत्यन्त लाभदायक हुन्छ।
अम्बा
मधुमेहमा अम्बाको सेवनले पनि मद्दत गर्न सक्छ। यसमा निकै कम ग्लाइसेमिक इंडेक्स स्कोर हुन्छ र फाइबरको उच्च मात्रा समावेश गर्छ। यो विशेषगरी कब्जियतको समस्यामा प्रभावकारी हुन्छ। मधुमेह रोगीहरूको लागि पनि अम्बा निकै लाभदायक हुन्छ।