लामखुट्टे कराएको सायद कसैलाई मनपर्छ होला तर सुतिरहेको बेला कानमा लामखुट्टेको आवाज गुञ्ज्यो भने जो-कोहीलाई रिस उठ्छ । दिन होस वा रात लामखुट्टेको आतंकले सबैजना दुखी हुन्छन्। घरबाट बाहिर मात्र नभई घरभित्र पनि यसको फौजले सबैलाई समस्यामा पार्छ।
टाउको माथि भुनभुनाउनु:
वैज्ञानिक अनुसार मान्छेको टाउकोमा महिला लामखुट्टे मच्छर घुम्छ । लामखुट्टे बाहेक अरु कुनै किराफट्यांग्रा पनि त्यसरी नै भुन-भुनाउछ। तर यसको केहि खास कारण थाहा भएको छैन।
कार्बनडाई अक्साइड:
हामी सबैलाई थाहा छ कि हरेक व्यक्तिले अक्सिजन ग्रहण गरेर कार्बनडाई अक्साईड छोड्छौ। यस्तैमा टाउको माथि उडेको लामखुट्टेलाई यसको गन्ध निकै मनपर्छ। त्यसैले लामखुट्टे मान्छेको वरिपरी घुम्छ।
पसिनाको गन्ध:
लामखुट्टेलाई मान्छेको पसीना निकै मनपर्छ। यस्तैमा अधिक पसीना आउने व्यक्ति र नरम छाला भएको मान्छेलाई लामखुट्टेले निकै टोक्छ।
हेयर जेल:
लामखुट्टेलाई टाउकोमा लगाईएको हेयर जेल र तेलको सुगंध निकै मनपर्छ। तपाई पनि हेयर जेल लगाएर बाहिर निल्किनुभयो भने सावधान रहनुहोस।