अभिनेत्री श्वेता विरुद्ध प्रहरीमा सुष्मा कार्कीको उजुरी !

काठमाडौँ – अभिनेत्री सुष्मा कार्कीले अर्की अभिनेत्री श्वेता खड्का विरुद्ध उजुरी दिएकी छन्। अभिनेत्री खड्काले आफू माथि दुर्व्यवहार गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएकी हुन्।

सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै रहेका केहि व्यक्ति र एक पत्रकारले गालीगलौज तथा दुर्व्यवहार गरेको कार्कीको आरोप छ।

कार्कीले सोमबार साँझ आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ। कार्कीको उजुरी पश्चात प्रहरीले अभिनेत्री खड्का सहितका व्यक्तिहरुलाई छलफलका लागि बोलाइसकेको छ।

आफू माथि अभिनेत्री खड्कासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले दुर्व्यवहार गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ। कार्कीले मौखिक उजुरी दिएको भएपनि लिखित उजुरी भने दिएकी छैनन्।

कार्कीको मौखिक उजुरीकै आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ। दुवै पक्षसँग सोधपुछ गरेपछि सत्य-तथ्य थाहा हुने प्रहरीको भनाई छ। उता कार्कीले भने आफू माथि दुर्व्यवहार भएको प्रमाण सुरक्षित रहेको बताएकी छन्।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१६:४५

कुनै समय बलिउडमा तहल्का मच्चाउन सफल यी अभिनेत्रीको अहिले अत्तोपत्तो छैन !