बलिउड फिल्म जगतमा कहिले के हुन्छ भनेर कसैलाई थाहा हुँदैन। केहि कलाकार आफ्नो उमेर ढल्कि सक्दा पनि दर्शकको मनमा राज गर्न सफल हुन्छन् भने केहि कलाकार सुपरहिट फिल्म दिँदा दिँदै पनि आफ्नो छाप छोड्न सफल हुँदैनन् र फिल्म जगतबाट नै बिलिन हुन पुग्छन्, न कुनै दर्शकले उनीहरुलाई याद नै गर्छन्। आज हामी तपाईंलाई यस्तै केहि अभिनेत्रीका बारेमा बताउँछौं जो एक समयमा सुपरहिट भएता पनि अहिले कसैले पनि चिन्दैन…..
तनुश्री दत्ता

२००६ मा तनुश्री दत्ताले ‘आशिक बानाया’ फिल्मबाट सारा युवाहरूको मुटुको धडकन बढाएकी थिइन्। फिल्ममा तनुश्रीसँग इमरान हाश्मी र सोनू सूदले अभिनय गरेका थिए। यस फिल्म पछि तनुश्रीलाई हास्य चलचित्र ढोलमा देखियो। तनुले २००५ मा आफ्नो फिल्मी जीवन सुरु गरेकी थिइन् र अन्तिम पटक २०१० मा फिल्म अपार्टमेन्टमा परेकी थिइन्। अहिले उनी फिल्मी जगतमा सक्रिय छैनिन्।
भूमिका चावला

२००३ मा सलमान खानको ब्लकबस्टर फिल्म तेरे नामबाट बलिउड डेब्यू गर्ने तमिल तथा तेलुगु अभिनेत्री भूमिका चावला अचानक बलिउडबाट गायब भईन्। भूमिकाले १५ वर्षको बलिउड करियरमा ९ वटा मात्र चलचित्रमा अभिनय गरिन्। अन्तिम पटक उनलाई एम.एस धोनीमा एक छोटो रोलमा देखिएको थियो। बलिउडका दर्शकले पनि सायद उनलाई बिर्सिसकेका छन्।
किम शर्मा

कुनै समय भारतीय क्रिकेटर युवराज सिंहसँगको प्रेमको कारण चर्चामा आएकी नायिका किम शर्माको फिल्मी करियर भने त्यति उत्कृष्ट रहेन। १९९३ को सुपरहिट फिमल ‘डर’मा देखा परेकी किम त्यसको सात वर्षपछि अर्को ब्लकबस्टर फिल्म ‘मोहब्बतें’ मा देखा परेकी थिइन्। तर अहिलेको समयमा उनलाई सायद सबैले भुलिसकेका छन्।
शमिता शेट्टी

सुपरहिट नायिका शिल्पा शेट्टीको बहिनी शमिताको करियर भने बलिउडमा जम्न सकेन। शमिताले आफ्नो फिल्म करियर ‘मोहब्बतें’ बाट सुरु गरेकी थिइन्। तर अहिले भने उनी बलिउडमा साना साना रोल मात्र गर्छिन्।

