संवैधानिक आयोगका ३८ पदाधिकारीले लिए सपथ

संवैधानिक निकायमा सिफारिश गरिएका पदाधिकारीहरुले आज बिहान शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको एक कार्यक्रममा नवनियुक्त पदाधिकारीलाई शपथ गराइएको हो । संवैधानिक निकायमा सिफारिश भएका ४५ जनामध्ये ३८ जनाले शपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। त्यस्तै, संवैधानिक निकायका अध्यक्षहरुले सदस्यहरुलाई पनि शपथ गराएका छन्।

संवैधानिक परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

प्रकाशित : बुधबार, माघ २१, २०७७११:१५

नेप्से परिसूचक नेपाल शेयर बजार इतिहासमै पहिलो पटक २५०० अंक भन्दा माथि !